नेकपा एमालेले नगरसभा बहिष्कार गरेपछि हेटौंडाको नगरसभा बैठक स्थगित भएको छ । एमालेको बहिष्कारपछि नगरसभामा गणपुरक संख्या नपुगेकाले हेटौंडा उपमहानगरपालिकाको नगरसभा १२ गते सम्मका लागि स्थगित गरिएको हो ।हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले आगामी १२ गते १ बजेका लागि नगरसभा आह्वान गरेकी हुन् । हेटौंडा उपमहानगरपालिकाको नगरसभा कुल ९५ सदस्यमध्ये ४० जनाले उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेका थिए । नगरसभामा गठबन्धनका सदस्यहरु उपस्थित भएका थिए भने एमालेका सदस्यहरु सभाहल बाहिर बसेर बहिष्कार गरेका थिए