नगर प्रहरीले ठेलागाढा खोसेको भिडिओ सेयर गर्दै बाबुरामले भने- काठमाडौं गरिबको पनि सहर हो नभुलौँ

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शहरी गरिब र अनौपचारिक श्रमिकहरूको उचित व्यवस्थापनको वैकल्पिक योजना नबनाई यसरी उनीहरूलाई सार्वजनिक रूपले अपमान गर्नु र राज्य हिंसाको प्रयोग गर्नु आपत्तिजनक भएको बताएका छन्। काठमाडौं महानगरपालिकाको फुटपाथ र ठेलामा सामान बेच्न रोक लगाउँदै बाहिर बेच्न राखेको सामान नगर प्रहरी लगाएर उठाउन थालेपछि उनले असन्तुष्टि जनाएका […]

सम्बन्धित सामग्री

काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर [फाेटाेफिचर]

बुधबार बिहानैदेखि काठमाडौं उपत्यकाको वायु प्रदुषणको स्तर अस्वस्थकर बन्दै गएको छ। एअर भिजुअलको एक्युआई रिपोर्टका अनुसार काठमाडौं विश्वको तेस्रो प्रदुषित सहर छ। उपत्यकाभित्र देखिएका केही तस्बिरहरू :  ...

नयाँ सहर विकासको योजना मन्त्रिपरिषद्मा

काठमाडौं । काठमाडौंको उत्तरपूर्वी भेगका तीन नगरपालिकामा जग्गा एकीकरणका माध्यमबाट नयाँ सहर निर्माण गर्ने योजनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् मा पुगेको छ । उत्तरपूर्वी भेगका शंकरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको जग्गा एकीकरणका माध्यमबाट जग्गा विकास गरी नयाँ सहर बनाउने योजनासम्बन्धी प्रस्ताव सहरी विकास मन्त्रालयले मन्त्रिपरिषदमा लगेको हो । जग्गा एकीकरणका माध्यमबाट सबै घडेरीमा सडक, बत्ती, ढल, […]

नयाँ सहर विकास योजना मन्त्रिपरिषद्मा

काठमाडौं, भदौ ५। काठमाडौंको उत्तरपूर्वी भेगका तीन नगरपालिकामा जग्गा एकीकरणका माध्यमबाट नयाँ सहर निर्माण गर्ने योजनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् मा पुगेको छ। उत्तरपूर्वी भेगका शंकरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको जग्गा एकीकरणका माध्यमबाट जग्गा विकास गरी नयाँ सहर बनाउने योजनासम्बन्धी प्रस्ताव सहरी विकास मन्त्रालयले मन्त्रिपरिषदमा लगेको हो। जग्गा एकीकरणका माध्यमबाट सबै घडेरीमा सडक, बत्ती, ढल, इन्टरनेटलगायत […]

काठमाडौं सहर, समृद्ध गराउने रहर

देश एमसीसीपछि एसपीपीमा फसेको छ । चोखो रहेको भनिएको सेना पनि अब राजनीतिमा मुछिएको छ । हो र होइन भन्ने दलको द्वैध चरित्रजस्तै । नेपालको मुहार काठमाडौं भने कुरूप छ । राजधानी काठमाडौंको समस्या विकराल छ । त्यसो त नेतृत्व लिनेहरू पनि धेरै छन् यहाँ । संघीयतापछि पनि सकी नसकी यहीँ बस्नुपर्ने सबै नेपालीको इच्छा […] The post काठमाडौं सहर, समृद्ध गराउने रहर appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौं महानगर पूर्ण साक्षरता सहर !

मेयर बालेन्द्र साहले काठमाडौं महानगरपालिकालाई पूर्ण साक्षरता सहर घोषणा गरिने बताएका छन् । आइतबार नगरसभाको ११ औं अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका साहले महानगरपालिका लागि पूर्ण साक्षरता सहर घोषणा गरिने बताएका हुन् । यस्तै, महानगरको सांस्कृति सहरको रुपमा विकास गर्ने गरी स्थानीय नेपाल भाषाको विकास एवं प्रवद्र्धनका लागि जारी प्राथमिक तहदेखि ८ कक्षासम्मको नेपाल भाषाको अध्ययन अध्यापन कार्यक्रमलाई समेत आफुले निरन्तरता दिएको मेयर शाहले बताए ।

काठमाडौं महानगरलाई विश्वकै उत्कृष्ट सहर बनाउन्छुः नवनिर्वाचित मेयर साह

काठमाडौं, जेठ १३। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साहले महानगरपालिकाका मतदातालाई परिवारका रुपमा लिएको भन्दै सबै मिलेर काठमाडौंलाई विश्वको सुन्दर सहर बनाउन सहकार्य आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा निर्वाचन आयोगले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले भने, ‘हामी महानगरवासी सबै एकै परिवार हौैं । हामी सबै मिलेर काठमाडौंलाई […]

ज्याकारान्डा फूलले सहर मगमगाउँदै

वसन्त ऋतुको आगमनसँगै बोटबिरुवाहरूको पालुवा र मुना पलाउँदै फूलहरू फुल्न थालेका छन् । वसन्त ऋतु आफैंमा निकै रमणीय ऋतु हो । यतिबेला काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बैजनी रङमा फुल्ने फूलले सहर नै ढकमक्क देखिएको छ, तिनै फूलका बास्नाले सहर नै मगमगाएको छ । ज्याकारान्डा नामक बोटमा फूल फुलेपछि सडकका आसपासमा बैजनी रङका फूल फुलेको देख्न […]

होलीमा यस्तो देखियो काठमाडौं सहर (फोटोफिचर)

काठमाडौं, ३ चैत । आज देशका पाहाडी तथा हिमाली भेगमा होली पर्व मनाइँदैछ । यस अवसरमा काठमाडौंमा पनि धुमधामका साथ होली मनाइएको छ । आज काठमाडौंको टुडिखेल देखि बसन्तपुरसम्म होली खेल्नेको भिड रहेको थियो । यस्तै, काठमाडौं, आसपासका होटल देखि रिर्सोटसम्म भरिभराउँ रहेका छन् । हेर्नुहोस रिपोर्टर्स नेपालीकर्मी मुकुन्द कालीकोटेले खिचेका रोचक तस्विरः

उपत्यकाका तीन नगरपालिका जोडेर व्यवस्थित सहर बनाइने

काठमाडौं। उपत्यकाका तीन वटा नगरपालिकालाई जोडेर आधुनिक सहर निर्माण गरिने भएको छ। काठमाडौं महानगरपालिकाको २० हजार रोपानी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरेर आधुनिक सहर बनाइने भएको हो। उक्त सहरमा विद्युत, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित सहर बनाउने कागेश्वर मनोहरा नगरपालिकाले बताएको छ। कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका र शंकरापुर नगरपालिकालाई जोडेर व्यवस्थित सहर बनाउने प्रक्रिया अगाडी बढाइएको हो।

यी हुन् समुन्द्रमा छिट्टै डुब्ने विश्वका पाँच प्रमुख सहर

काठमाडौं। नेदरल्याण्ड्सका अनुसन्धानकर्ताले नेचर कम्युनिकेसन्समा प्रकाशित एक अध्ययन प्रतिवेदनमा जलवायु परिवर्तनका कारण विश्वका पाँच सहर छिट्टै समुन्द्रमा डुब्ने जनाएका छन्। इण्डोनेसियाका जकार्ता सहर प्रत्येक वर्ष ६.७ इन्च समुन्द्रमा डुबिरहेको छ। सहरको धेरैजसो भाग सन् २०५० सम्म डुबिसक्ने छ। अमेरिकाको ह्यूस्टन सहर प्रत्येक वर्ष दुई इन्च डुबिरहेको छ। बंगलादेशको राजधानी ढाका, इटलीको भेनिस,थाइल्याण्डको बैंकक पनि समुद्रमा विस्तारै डुबिरहेका छन्।