२७ भदौ, काठमाडौं । चाडपर्वको मौका छोपी बजारमा हुने ठगी रोक्न सरकारले काठमाडौं उपत्यकामा संयुक्त बजार अनुगमन गर्ने भएको छ । वाणिज्य विभागको नेतृत्वमा, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नापतौल तथा नेपाल गुणस्तर विभाग सम्मिलित संयुक्त टोलीबाट अनुगमन सुरु गर्न लागिएको वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले जानकारी दिए । […]