काठमाडौं उपत्यकामा हैजाको संक्रमण फैलिएसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन तीव्र पारेको छ ।प्रशोधित पिउने पानी, होटल–रेस्टुरेन्ट, क्यान्टिन तथा स्ट्रिट फुड निरीक्षण अनुगमन तीव्र तुल्याएको विभागले जनाएको हो । अनुगमनका लागि दैनिक २ वटा टोली परिचालित हुने गरेको पनि विभागले जनाएको छ ।असार १२ देखि १७ गतेसम्ममा विभाग तथा विभागको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी तथा पत्रकारसहितको अनुगमन टोलीले २९ वटा प्रशोधित पिउने प