पूर्वोत्तर भारतको मणिपुर राज्यमा मैतेई र कुकी जातिबीच हिंसा भड्किएको ५ महिना पुगेको छ । तर, यति लामो अवधिमा पनि त्यहाँ हिंसा रोकिएको छैन । मणिपुरमा शान्ति कायम गर्न असफल भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको आलोचना भएको छ ।
विगत चार महिनादेखि हामीले भारतको मणिपुर राज्यमा भइरहेका हिंसाबारे जानकारी लिँदै आइरहेका छौं। हाम्रै देशमा पनि आदिवासी, दलित लगायतका समुदायको विषयलाई लिएर चर्चा परिचर्चा हुने गर्छन्। भारत तथा नेपाल दुबै बहुभाषिक, बहुजातीय र बहु साँस्कृतिक समुदाय भएका देश हुन्। तर अधिकांश समाजमा बहुसंख्यकको बोलवाला रहेकै हुन्छ। समयक्रममा ती बहुसंख्यक समुदायको थिचोमिचो र हेलाहोचोको विषयलाई लिएर […]
११ असोज, काठमाडौं । भारतको मणिपुर राज्यमा पुनः हिंसा भड्किएको छ । गत जुलाई महिनादेखि बेपत्ता दुई जना छात्राको मृत्यु भएको पुष्टि भएपछि मणिपुरको राजधानी इम्फालमा बुधबार रातिदेखि फेरि विरोध प्रदर्शन, तोडफोड र आगजनी भएको छ । आक्रोशित भीडले इम्फालका एक नेताको घरमा तोडफोडको कोसिस गरेको, प्रहरीको गाडी जलाएको र एक प्रहरीलाई कुटपिट गर्दै हतियार […]
आज मणिपुरमा जे भइरहेको छ त्यसलाई हामीले भारतीय उपमहाद्वीपको समग्र इतिहासबाट अलग्गै राखेर हेर्न सक्दैनौं न त यसको प्रभाव केवल मणिपुर र यस महाद्वीपको एउटा कुनामा मात्र सीमित रहन सक्ला भनेर चुप लागेर बस्ने अवस्था नै रहन्छ ।
भारतको उत्तरपूर्वी सुन्दर पहाडी राज्य मणिपुर दुई महिनादेखि अशान्त छ । मणिपुर उच्च अदालतले अप्रिल १९ मा रैथाने मणिपुरी (मैतेई) समुदायलाई अनुसूचित जाति (सेडुअल कास्ट) को दर्जाका लागि केन्द्रीय जनजाति मामिला मन्त्रालयमा सिफारिस गरेको थियो । लगत्तै मेको ३ बाट भड्किएको हिंसाले मणिपुर अशान्त भएको हो ।
एजेन्सी । झण्डै दुई महिनादेखि तनावग्रस्त रहेको भारतको मणिपुर राज्यमा सुरक्षा बलले कारबाही तीब्र बनाएको छ । राजधानी इम्फालमा बसोबास गर्ने मैतेई समुदाय र राजधानी बाहिर बस्ने आदिवासी समुदायबीचको दंगाका कारण अशान्त र तनावग्रस्त रहँदै आएको मणिपुरमा सुरक्षा फौजले कारबाही तीब्र बनाएको हो । पछिल्लो २४ घण्टामा सुरक्षाकर्मीले विभिन्न जिल्लामा निर्माण गरिएका १२ वटा बंकर […]