भारतको मणिपुर राज्यमा गृहयुद्धको जोखिम बढेको छ । साढे दुई महिनादेखि साम्प्रदायिक हिंसाबाट गुज्रिरहेको मणिपुरमा पछिल्ला घटनाक्रमले गृहयुद्धको जोखिम बढाएको सुरक्षा विश्लेषकहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
लिबिया, लेबनान, नाइजेरिया, सिरिया लगायतका देशमा जस्तै जुनसुकै बेला नागरिकको जनधनको क्षति पुग्ने जोखिम मणिपुरमा बढेको छ । मणिपुरका बहुसङ्ख्यक मैतेई समुदाय र कुकी समुदायबीच भएका भिडन्तहरूमा एक सय जना जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने चार सय जनाभन्दा धेरै घाइते भएका छन् ।
तीन सय ५० वटा आश्रयस्थल...