काठमाडौं : बाँकेको कोहलपुरस्थित हिरासतमा रहेकी एक महिलामाथि प्रहरीले नै बलात्कार गरेको आरोप लागेको छ।बहुविवाहको मुद्दामा इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी महिलालाई मुद्दा शाखाका प्रहरी सहायक निरीक्षक प्रविण चौलागाइले बलात्कार गरेको आरोप लागेको हो।बलात्कारको आरोप लागेपछि चौलागाईलाई नियन्त्रणमा लिइएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार पीडित भनिएकी महिलाले पहिले बलात्कारको आरोप लगाएपछि अनुसन्धान भइरहेको छ।पीडित महिलालाई परामर्शका लागि उनको आफन्त, महि