डलरको भाउ बढ्दा जहिल्यै घट्ने सुनको भाउ यसपाली किन बढिरहेको छ ?

अमेरिकी डलरको भाउले हरेक दिन नयाँ रेकर्ड कायम गरिरहेको अवस्थामा पनि सुनको भाउ बढिरहेको छ । डलरको भाउ बढ्दा सुनको भाउ समान्यतया घट्छ । तर, विगत केही दिनदेखि निरन्तर उकालो लागिरहेको डलरको भाउ आज नेपाली रुपैयाँ अनुसार १३१ रुपैयाँ ६७ पैसा पुगेको छ । डलरको भाउ उच्च हुँदा पनि सुनको भाउ घट्नुको सट्टा बढिरहेको छ । तर, अन्तराष्ट्रिय बजारमै सुनको भाउ बढेकाले त्यसको असर नेपालमा परेको भने होइन । आज अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति औँस १६ सय ८० डलर छ । हिजोको तुलनामा आज अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटेको छ । तर, नेपाली बजारमा भने आज हिजोको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले महँगिएर तोलाको ९३ हजार ३ सय रुपैयाँ पुगेको छ ।नेपालमा चाहिँ किन बढ्यो सुनको भाउ ?डलर बढ्दा सुनको भाउ घट्ने विश्वब्यापी अभ्यास हो । किनकी, अन्तराष्ट्रिय लगानीकर्ताले डलर घट्दा सुनमा र सुन घट्दा डलरमा लगानी बढाउँछन् । तर, यसपटक भने डलरको भाउ आकासिँदा पनि सुनको भाउ घट्ने नभई बढ्नेतर्फ उन्मुख छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियशरत्न शाक्य अन्तराष्ट्रिय बजारमा डलरमा भाउ बढेकाले डलर तिरेर खरिद गर्नुपर्दा नेपालमा सुनको भाउ बढेको बताउँछन् । ‘अहिले नेपाली बजारमा सुनको भाउ ९३ हजारको वरीपरी छ’ उनले भने, ‘डलर बढ्दा सुनको भाउ घट्नुपर्ने हो, अन्तराष्ट्रिय बजारमा घटेको पनि छ । तर, नेपालमा हामीले बढेको डलरको भाउ अनुसार खरिद गर्नुपर्ने भएकाले मूल्य बढेको हो ।’उनले पहिला १ तोला सुन आयात गर्दा तिर्ने डलर र अहिले सोही परिमाणको सुन आयात गर्दा तिर्नुपर्ने डलर बढी भएकाले नेपालमा सुनको भाउ केही बढेको जस्तो देखिएको तर, प्रतितोला ९३ हजारको वरीपरी नै रहेकाले यसलाई अहिलेको अन्तराष्ट्रिय मूल्य अनुसार खासै बढेको भन्न नमिल्ने दाबी गरेका छन् ।भाउ घट्ने ‘चान्स’ छैनमहासंघका उपाध्यक्ष शाक्यले तत्काल सुनको भाउ घट्ने संकेत नरहेको बताएका छन् । नेपालीहरुले सुन खपत गर्ने समय (तिहार–धनतेरश र मंसिर–बिहेको सिजन)मै सुनको भाउ थप घट्ने संकेत नदेखिएको उनको भनाई छ ।‘अन्तराष्ट्रिय राजनीतिक प्रभाव पनि छ, रुस–युक्रेन युद्ध मथ्थर हुने देखिएको छैन, विश्व बैंकले विश्वभरी आर्थिक मन्दी आउने प्रक्षेपण गरिसकेको छ’ शाक्यले थपे, ‘डलरको भाउ पनि घट्ने देखिँदैन । डलरको अनपेक्षित रुपमा घट्यो भने मात्रै हो, नत्र सुनको भाउ अहिलेको भन्दा तल चाहिँ आउँदैन ।’

सम्बन्धित सामग्री

हिजो रेकर्ड राखेको सुनको भाउ आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । गत मंगलवार सर्वाधिक मूल्य कायम भएको सुनको भाउ बुधवार (आज) तोलामा १०० रुपैयाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्यले रेकर्ड कायम राख्दा तोलाको १ लाख ६ हजार ३०० रुपैयाँ पुगेको थियो ।  बुधवार सुनको भाउ घट्दा चाँदीको भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ३६५ रुपैयाँ तोकिएको छ ।  आज डलरको भाउ पनि बढेको छ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज १ अमेरिकी डलरको विक्रीदर १३१ दशमलव ०६ रुपैयाँ कायम भएको छ । हिजो १ अमेरिकी डलरको विक्रीदर १३० दशमलव ५३ रुपैयाँ तोकिएको थियो ।

सुनको भाउ लगातार बढ्दै : आज १३ सय रुपैयाँले बढ्यो, अझै बढ्ने सङ्केत

काठमाण्डाै - सुनको भाउ आज १ हजार ३ सय रुपैयाँले बढेको छ । तोलामा आज सुन ९६ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो तोलाको ९५ हजार ४ सय रुपैयाँ थियो । केही दिनयता सुनको भाउ लगातार बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेज रत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार सुनको भाउ अझै बढ्ने सङ्केत छ । अमेरिकामा अहिले भइहेको मध्यावधि चुनावको असर सुनमा परेको शाक्यले बताउनुभयो । चुनावका कारण अमेरिकामा डलरको भाउ के...

सुनको भाउ फेरि १ हजार ४ सय रुपैयाँले घट्यो

काठमाण्डाै - सुनको भाउ आज फेरि १ हजार ४ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ९४ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।   हिजो पनि सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ महँगो भएकाले सुनको भाउ घटेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार भाउ अझै घट्न  सक्ने सम्भावना छ । आज चाँदीको भाउ भने सामान्य बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइ...

सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो

काठमाण्डाै – सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९७ हजार ६ सय रुपैयाँ रहेको भाउ आज ९६ हजार रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ महंगो भएकाले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार भाउ अझै घट्न सक्ने सम्भावना छ । तर यसै भन्न सकिने अवस्था चाहीँ छैन । अहिले आफूहरु पर्ख र हेरको अवस्थामा रहेको उहाँले बताउनुभयो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार १ सय ७५ र...

सुनको भाउ एक लाख नाघ्यो, आज दुई हजार रुपैयाँले बढ्यो

काठमाण्डाै - सुनको भाउ एक लाख रुपैयाँ नाघेको छ । आज एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेर सुन एक लाख एक हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुनको भाउ ९९ सय हजार ९ सय रुपैयाँ थियो ।  हिजो शनिवार भएकाले सुनको मूल्य निर्धारण गरिएको थिएन । सुनको भाउ अझै बढ्न सक्ने महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । रुस र युक्रेनको युद्धका कारण सुनको भाउ बढेको हो । युद्धविराम भइनसकेको र डलरको भाउ पनि बढेकाले सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको उहाँल...

सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ नजिक, डलरको भाउ पनि बढ्यो

फागुन २०, काठमाडौं । साताको अन्तिम दिन शुक्रवार सुनको मूल्य झन्डै १ लाख पुगेको छ । बिहीवारको तुलनामा शुक्रवार सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो ।  यो मूल्य डेढ वर्ष अघिकै सर्वाधिक उचाईबाट ३ हजार ६०० रुपैयाँ मात्रै कम हो । यसअघि २०७७ साउनमा नेपालमा सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ नाघेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । बिहीवार छापावाल सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै, शुक्रवार तेजाबी सुन प्रतितोला ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, शुक्रवार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो करोबार दिन चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो ।  शुक्रवार अन्तरराष्ट्रिय बजारमा पनि बहुमूल्य धातु सुनको भाउ बढेको छ । रुस र युक्रेनबिच भएको तनावका कारण सेफ एसेटको माग बढेपछि सुनको भाउले टेवा पाएको हो ।  त्यसैगरी, शुक्रवार अन्तरराष्ट्रिय बजारमा डलरको भाउ पनि बढेको छ । बिहीवार १ अमेरिकी डलरको विक्रीदर १२१ रुपैयाँ ८३ पैसा रहेकोमा शुक्रवार १२१ रुपैयाँ ८६ पैसा कायम भएको छ ।

सुनको मूल्य ५०० रुपैयाँले घट्यो, चाँदी र डलरको भाउ भने उकालो लाग्यो

फागुन ११, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको  मूल्य घटेको छ । मंगलबार यो वर्षकै उच्च विन्दुमा पुगेर  ९७ हजार रुपैयाँमा कारोबार भएको  सुनको मूल्य आज ५०० रुपैयाँले घटेर प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कायम भएको नेपाल सुन चाँदी व्यावसायी महासघंले जनाएको छ ।  त्यसैगरी बुधबार चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन प्रतितोला १३ सय १५ रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज प्रतितोला ५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँ मा कायम भएको छ । त्यसैगरी अन्तराष्ट्रिय बजारमा सुनको भाउ भने बढेको छ । रुसले र यूक्रेन तनावका कारण अन्तर्राष्ट्रिय बजारमा शेयरको मुल्यमा आएकव गिरावटका कारण नगानी कर्ता सुन प्रति आकर्षित हुँदा अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागिरहेको छ । बुधबार अन्तरराष्ट्रिय बजारमा सूनको मूल्य प्रतिऔंस १ हजार ८९६ डलर ३० सेन्टमा पुगेको छ ।   अन्तराष्ट्रिय बजारमा डलरको भाउ पनि बढेको छ । मंगलबार डलरको विक्रिदर ११९ रुपैयाँ ५२ पैसा रहेको थियो भने बुधबर १२० रुपैयाँ ११ पैसा कायम भएको छ ।

४ दिनदेखि निरन्तर घटिरहेको सुनको भाउ कतिसम्म झर्ला ?

पछिल्ला ४ दिन सुनको भाउ निरन्तर घटिरहेको छ । बिहिबारदेखि घट्न थालेको सुनको भाउ आज सोमबारसम्म आईपुग्दा पनि घटिरहेको छ । बिहिबार तोलामा एकैदिन ९ सयले घटेको सुनको भाउ शुक्रबार पनि तोलामा ९ सयले नै घट्यो । त्यसपछि आईतबार र सोमबार पनि सुनको भाउ तोलामा ४÷४ सयले घटेको छ । यसरी पछिल्ला ४ दिनमा सुनको भाउ तोलामा २६ सयले घटिसकेको छ । आज सोमबार छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा आईपुगेको छ । तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ३ सय छ । किन घटिरहेको छ भाउ ? नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियशरत्न शाक्य अहिले सुनको भाउ घट्नुमा खासै ठोस कारण नरहेको बताउँछन् । उनका अनुसार शक्ति राष्ट्रबीचको राजनीतिक टकराव पूरानै अवस्थामा रहेकाले अहिले सुनको भाउ घट्नुको पछाडी कुनै ठोस कारण नदेखिएको हो ।तर, अमेरिकी डलर बलियो हुँदै गएकाले स–साना लगानीकर्ताले सुन बिक्रि गरिरहेकाले भाउ घटेको हुन सक्ने उनको अनुमान छ । ‘डलर स्ट्रोङ हुँदा साना लगानीकर्ताले आफूसँग भएको सुन सेल गर्छन् (बेच्छन्), डलर स्ट्रोङ छ अहिले’ शाक्य भन्छन्, ‘डलरको भाउ बढिरहेकाले सुनको भाउ घटेको हो ।’ सँगै, अमेरिकामा केही समय अघि देखिएको बेरोजगार दर पनि क्रमशः घटिरहेको छ । यसले पनि सुनको भाउ घट्नुमा थोरै प्रभाव पारेको हुन सक्ने अनुमान छ ।यसअघिःट्रम्पका कारण विश्वभर महँगिदै सुन, नेपालमा कतिसम्म पुग्ला भाउ ?अर्कोतर्फ, सन् २०२२ सुरु हुनासाथ अमेरिका लगायतका देशका बैंकहरुले ब्याजदर बढाउने अनुमान गरिएकोमा अनुमानलाई गलत सावित गर्दै बैंकहरुले ब्याजदर बढाएनन् । ब्याजदर नबढाउन त्यहाँको केन्द्रीय बैंकले पनि भूमीका खेल्यो । जसका कारण पनि सुन क्रमशः सस्तो हुँदै आएको अनुमान हुन थालेको छ ।कतिसम्म झर्ला सुनको भाउ ?अहिले सुनको भाउ नेपालीको क्रय शक्तिभन्दा बाहिर छ । नेपालीहरुको औसत आम्दानीको तुलनामा सुनको भाउ निकै महँगो छ । ४ दिनदेखि सुनको भाउ घटिरहेका कारण नेपालीहरु सुनको भाउ निकै तल आउने आशामा देखिएका छन् । तर, भाउ घट्नुको कुनै ठोस कारण नभएकाले सुनको भाउ तोलाको ९० हजारभन्दा तल झर्ने सम्भावना नरहेको महासंघका उपाध्यक्ष शाक्य बताउँछन् । अहिले अन्तराष्ट्रिय बजारमा देखिएको अवस्था कम्तीमा यो हप्तासम्म कायम रहे सुनको भाउ तोलाको ९० हजारसम्म झर्न सक्ने तर, अहिले नै त्यहाँभन्दा तल आउने सम्भावना अत्यन्त कम रहेको उनको भनाई छ ।