४ दिनदेखि निरन्तर घटिरहेको सुनको भाउ कतिसम्म झर्ला ?

पछिल्ला ४ दिन सुनको भाउ निरन्तर घटिरहेको छ । बिहिबारदेखि घट्न थालेको सुनको भाउ आज सोमबारसम्म आईपुग्दा पनि घटिरहेको छ । बिहिबार तोलामा एकैदिन ९ सयले घटेको सुनको भाउ शुक्रबार पनि तोलामा ९ सयले नै घट्यो । त्यसपछि आईतबार र सोमबार पनि सुनको भाउ तोलामा ४÷४ सयले घटेको छ । यसरी पछिल्ला ४ दिनमा सुनको भाउ तोलामा २६ सयले घटिसकेको छ । आज सोमबार छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा आईपुगेको छ । तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ३ सय छ । किन घटिरहेको छ भाउ ? नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियशरत्न शाक्य अहिले सुनको भाउ घट्नुमा खासै ठोस कारण नरहेको बताउँछन् । उनका अनुसार शक्ति राष्ट्रबीचको राजनीतिक टकराव पूरानै अवस्थामा रहेकाले अहिले सुनको भाउ घट्नुको पछाडी कुनै ठोस कारण नदेखिएको हो ।तर, अमेरिकी डलर बलियो हुँदै गएकाले स–साना लगानीकर्ताले सुन बिक्रि गरिरहेकाले भाउ घटेको हुन सक्ने उनको अनुमान छ । ‘डलर स्ट्रोङ हुँदा साना लगानीकर्ताले आफूसँग भएको सुन सेल गर्छन् (बेच्छन्), डलर स्ट्रोङ छ अहिले’ शाक्य भन्छन्, ‘डलरको भाउ बढिरहेकाले सुनको भाउ घटेको हो ।’ सँगै, अमेरिकामा केही समय अघि देखिएको बेरोजगार दर पनि क्रमशः घटिरहेको छ । यसले पनि सुनको भाउ घट्नुमा थोरै प्रभाव पारेको हुन सक्ने अनुमान छ ।यसअघिःट्रम्पका कारण विश्वभर महँगिदै सुन, नेपालमा कतिसम्म पुग्ला भाउ ?अर्कोतर्फ, सन् २०२२ सुरु हुनासाथ अमेरिका लगायतका देशका बैंकहरुले ब्याजदर बढाउने अनुमान गरिएकोमा अनुमानलाई गलत सावित गर्दै बैंकहरुले ब्याजदर बढाएनन् । ब्याजदर नबढाउन त्यहाँको केन्द्रीय बैंकले पनि भूमीका खेल्यो । जसका कारण पनि सुन क्रमशः सस्तो हुँदै आएको अनुमान हुन थालेको छ ।कतिसम्म झर्ला सुनको भाउ ?अहिले सुनको भाउ नेपालीको क्रय शक्तिभन्दा बाहिर छ । नेपालीहरुको औसत आम्दानीको तुलनामा सुनको भाउ निकै महँगो छ । ४ दिनदेखि सुनको भाउ घटिरहेका कारण नेपालीहरु सुनको भाउ निकै तल आउने आशामा देखिएका छन् । तर, भाउ घट्नुको कुनै ठोस कारण नभएकाले सुनको भाउ तोलाको ९० हजारभन्दा तल झर्ने सम्भावना नरहेको महासंघका उपाध्यक्ष शाक्य बताउँछन् । अहिले अन्तराष्ट्रिय बजारमा देखिएको अवस्था कम्तीमा यो हप्तासम्म कायम रहे सुनको भाउ तोलाको ९० हजारसम्म झर्न सक्ने तर, अहिले नै त्यहाँभन्दा तल आउने सम्भावना अत्यन्त कम रहेको उनको भनाई छ ।

सम्बन्धित सामग्री

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ५ माघ। शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा ५०० रुपैयाँले महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँ कायम गरिएको छ। बिहीबार सुनको भाउ प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँ थियो ।

सुनको भाउ आज पनि बढ्यो

काठमाण्डौ – हिजो तोलामा १ हजार ७ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि ६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा एक लाख ४ हजार एक सय रुपैयाँ छ । हिजो एक लाख ३ हजार ५ सय रुपैयाँ थियो । सुनको भाउ अझै बढ्न सक्ने सम्भावना रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । अमेरिकामा बेरोजगारीको संख्या फेरि बढ्न थालेसँगै सुनको भाउ बढ्न थालेको उहाँले बताउनुभयो । त्यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले बढेर एक हजार दुई सय ५५ रुपैयाँ पुगेको छ । चाँदीको भाउ हि...

फेरि बढ्यो सुनको भाउ

काठमाण्डाै - सुनको भाउ आज फेरि बढेको छ । सुनको भाउ आज तोलामा एक लाख ७ सय रुपैयाँमा पुगेको छ । आजको भाउ हिजोको भन्दा तोलामा २ सय रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँ थियो ।  चाँदीको भाउ भने आज पनि स्थिर छ । २ दिनयता चाँदीको भाउ घटबढ भएको छैन । चाँदी तोलामा आज पनि एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

घट्यो सुनको भाउ

काठमाडौं, भदौ २ । आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा आईपुगेको छ । आज तेजाबी सुनको भाउ पनि प्रतितोला ३ सयले नै घटेर तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार […]

सुनको भाउ लगातार बढ्दै

काठमाण्डाै - सुनको भाउ फेरि बढ्न थालेको छ । आज सुनको भाउ तोलामा ९६ हजार ८ सय रुपैयाँ पुगेको छ । यो हिजोको भन्दा ७ सय रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको थियो । आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

घट्यो सुनको भाउ

काठमाडौं, असार ८ । आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा आईपुगेको छ । आज तेजाबी सुनको भाउ पनि प्रतितोला ४ सय रुपैयाँले नै घटेर तोलाको ९६ हजार ८ रुपैयाँमा झरेको […]

आज सुनको भाउ स्थिर

काठमाडौं, बैशाख ४ । आज सुनको भाउ स्थिर छ । बिहिबार तोलाको १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा किनबेच भईरहेको हो । आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा नै स्थिर छ । आज चाँदीको भाउ पनि तोलाको १४ सय १५ […]

सुनको भाउ आज एकैदिन हजार रुपैयाँले बढ्यो

काठमाण्डाै - सुनको भाउ आज एकैदिन हजार रुपैयाँले बढेको छ । यो महिना लागे पछि सुनको भाउ लगातार बढेको छ । मंसिर अन्तिम हप्ता केही घटेको सुनको भाउ फेरि बढ्न थालेको हो । आज तोलामा सुनको भाउ एक हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा पुगेको छ । हिजो पनि तोलामा सात सय रुपैयाँले सुनको भाउ बढेको थियो । यस्तै, चाँदीको भाउ पनि आज बढेको छ । हिजो तोलामा १२ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ५० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

१६ सय रुपैयाँले सुनको भाउ घट्यो

काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । […]

सुनको भाउ तीन सय रुपैयाँले घट्याे

काठमाण्डाै - सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ८९ हजार ६ सय रुपैयाँ तोकिएको छ । यसअघि गएको शुक्रवार सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँ थियो । हिजो काठमाण्डौमा सार्वजनिक बिदा र अस्ति शनिवार भएकाले दुई दिन सुनको भाउ तोकिएको थिएन । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय ७५ रुपैयाँ तोकिएको छ ।