काठमाडौं : राहदानी बनाइदिने भन्दै ठगी गर्ने ५ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-९ रानीघाटका २६ वर्षीय सदाम हुसेन, २४ वर्षका कुन्दन यादव, ३० वर्षका प्रदीप साह, वडा नम्बर २४ का २२ वर्षीय सञ्जित गुप्ता र वडा नम्बर १० का ३८ वर्षीय फैयाज आलम रहेका पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए। उनीहरूले जिल्ला प्रशासन कार्यालय वीरगञ्जको गेटमा फोटो स्टुडियो सञ्चालन गरी राहदानी फारम भर्न २ सय रुपैयाँ र राहदानी १४ दिनभित्र मिलाइद