धितोपत्र बोर्डद्वारा ब्रोकर हाउसमा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन

वैशाख ८, काठमाडौं । नेपाल धितोपत्र बोर्डले कोरोना भाइरसको संक्रमण बढेसँगै सम्पूर्ण धितोपत्र बजार तथा धितोपत्र व्यवसायीलाई सेवा प्रवाह गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।  धितोपत्र बोर्डले बुधवार एक सूचना जारी गरेर कोरोनाको महामारी रोकथाममा सहयोग पुर्‍याउनका लागि सुरक्षित तरिकाले कार्य सञ्चालन गर्न भनेको हो  । सोही अनुसार बोर्डले कार्यालय स्थलमा सेवाग्राही तथा कर्मचारीहरुलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य रुपमा गर्न पनि भनेको छ ।  नेपाल सरकारले तोके बमोजिमको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरी कार्यालयभित्र २५ जनाभन्दा बढी नहुने गरी सेवाग्राही बीच दुई मिटरको भौतिक दुरी कायम हुने गरी सेवा प्रवाह गर्नुपर्नेछ ।  साथै बोर्डले सभा सम्मेलन, गोष्ठी,सेमिनार,बैठक, तालीम प्रशिक्षण जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा सकेसम्म अनलाइन तथा भर्चुअल माध्यमबाट गर्न भनेको छ । सेवा प्रवाहलाई निरन्तर रुपमा सुचारु गरी संस्थाका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गरी परिचालन गर्ने र  सेवाग्राहीको भिडभाड कम गर्ने अभिप्रायले सकेसम्म सेवा प्रवाह गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न पनि बार्डले निर्देशन दिएको हो ।  कोभिड - १९ को संक्रमणबाट बच्न तथा बचाउन सरकारको निर्देशन र  यसअघि दिएका निर्देशनहरुको पनि पूर्ण पालना गर्न बोर्डद्वारा जारी सूचनामा उल्लेख छ । बोर्डले नेप्से, ब्रोकर क्रेडिट रेटिङ संस्थालाई पनि यही निर्देशन दिएको छ । 

सम्बन्धित सामग्री

ब्रोकर शाखा विस्तारका लागि अब निवेदन दिएको २१ दिनभित्रै अनुमति दिइने

शेयरबजारको पहुँच वृद्धि गर्दै ब्रोकर कार्यालयहरूले शाखा विस्तार गर्न चाहेमा सहजै अनुमति पाउने व्यवस्था गर्ने नेपाल धितोपत्र बोर्ड अध्यक्ष रमेश हमालले बताएका छन् ।

आज नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन

नेपाल स्टक एक्सचेन्जले आज नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एकमुष्ट रूपमा कम्पनीहरूले माग गरेका नयाँ ब्रोकर लाइसेन्सको सिफारिस पठाउने भएको छ । सेबोनले गत २ असोजमा ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो । आज नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन हो । धितोपत्र ऐन २०६४ को दफा ५७ को उपदफा २ (ग) को ‘धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रका लागि निवेदन दिनुपर्ने शीर्षकमा’ मा ‘धितोपत्र बजारको सदस्यता लिएर मात्र व्यवसाय गर्न पाउने तोकिए बमोजिमका व्यवसा

ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन आज

काठमाडौँ – नेपाल स्टक एक्सचेन्जले आज नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एकमुष्ठ रूपमा कम्पनीहरूले माग गरेका नयाँ ब्रोकर लाइसेन्सको सिफारिस पठाउने भएको छ । सेबोनले गत २ असोजमा ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो । आज नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन हो । धितोपत्र ऐन २०६४ को […]

ब्रोकर लाइसेन्सको प्रक्रिया अघि नबढे आन्दोलन गर्ने चेतावनी

धितोपत्र (सेयर) लगानीकर्ताहरुले ब्रोकर लाइसेन्सको नयाँ आवेदन अबिलम्ब खुल्ला गर्न सरकारसँग माग गरेका छन् । नियामक धितोपत्र बोर्ड (सेबोन) बाट ब्रोकर लाइसेन्सको प्रस्ताव स्वीकृत भइसकेर मन्त्रिपरिषद्मा पुगेको तर त्यहाँ त्यतिकै अड्काइएको भन्दै लगानीकर्ताहरु आन्दोलित भएका हुन् । मंगलबार एक ध्यानाकर्षणपत्र जारी गर्दै सेयर लगानीकर्ता एकता समितिले ब्रोकर लाइसेन्सको निर्णय गर्न सरकारलाई दुई दिने अल्टिमेटम दिएका छन् । आगामी बिहीबारसम्म पनि ब्रोकर लाइसेन्स खुला गर्ने विषय क्याबिनेटबाट स्वीकृत नभए ५३ ला

अनधिकृतरुपमा ब्रोकर शाखा विस्तार गरेको थ्राइभ ब्रोकरेजलाई कारवाहि

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १३ नं ब्रोकर थ्राइभ ब्रोकरेज हाउस प्रालिलाई जरिवाना तिराएको छ। अनधिकृतरूपमा शाखा विस्तार गरी कारोबार गरिरहेको पाइएपछि सेवोनले जरिवाना गराएको हो। थ्राइभ ब्रोकरेजले ५० हजार रुपैयाँ जरिवाना...

ब्रोकर नियमावली संशोधनको अन्तिम तयारी

काठमाडौं, साउन १० । धितोपत्र व्यवसायका लागि थप ब्रोकर कम्पनीलाई लाइसेन्स दिइने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी नियमावली–२०६४ लाई संशोधन गर्दै नयाँ नीतिगत व्यवस्था गर्ने अन्तिम तयारीमा जुटेको छ । हालसम्म बजारमा ५० ओटा ब्रोकर कम्पनी सञ्चालन भइरहेकोमा संशोधित नियमावलीले तोकिएको सीमाभित्र रहेर आवेदन दिने सबैलाई ब्रोकर लाइसेन्स दिनेगरी […]

ब्रोकर नियमावली संशोधनको अन्तिम तयारी

काठमाडौं । धितोपत्र व्यवसायका लागि थप ब्रोकर कम्पनीलाई लाइसेन्स दिइने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी नियमावली–२०६४ लाई संशोधन गर्दै नयाँ नीतिगत व्यवस्था गर्ने अन्तिम तयारीमा जुटेको छ ।हालसम्म बजारमा ५० ओटा ब्रोकर कम्पनी सञ्चालन भइरहेकोमा संशोधित नियमावलीले तोकिएको सीमाभित्र रहेर आवेदन दिने सबैलाई ब्रोकर लाइसेन्स दिनेगरी तयारी अन्तिम चरणमा पुगेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए । उनका अनुसार अब नियमावलीले रू. १० करोडदेखि १ अर्बसम्मको चुक्त