चर्चित नेता, जो चुनावी मैदानबाट रिङ आउट भए

काठमाडौं।दलीय संगठनसँगै समाजमा प्रभाव राख्ने नेताहरु उम्मेदवारको टिकट नपाएपछि किनारामा आइपुगेका छन्। तीमध्येका हुन्, काँग्रेसका मिनेन्द्र रिजाल, एमालेका भीम रावल, काँग्रेसका स्वर्णिम वाग्ले, माओवादीका हरिबोल गजुरेल। यसपालीको चुनावबाट रिङ आउट भएका चर्चित नेता हुन् स्वर्णीम वाग्ले। काँग्रेसले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट दिएन। काँग्रेस नेता डा. मिनेन्द्र रिजाल, माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल र एमालेका भीम रावलले अन्तिम समयमा टिकट पाएनन्।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशका ९ जना मन्त्रीमध्ये ४ जना ‘आउट’

लुम्बिनी प्रदेशमा बहालवाला ९ जना मन्त्री चुनावी मैदानमा होमिएका थिए । ती मध्ये ५ जनालाई मात्र जनताले पत्याएका छन् । ४ जना संसदबाट ‘आउट’ भएका छन् । संघका तीन ३ जना तथा प्रदेशका ६ जना मन्त्रीहरू चुनावमा होमिएका थिए । त्यसमा संघमा सहरी विकास मन्त्री मेटमणि चौधरीलाई मात्र मतदाताले पत्याएका छन् ।त्यस्तै, प्रदेशमा शिक्षा मन्त्री  बसीउद्दिन खाँन, सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्य मन्त्री इन्द्रजित थारू, ऊर्जा तथा सिँचाई मन्त्री वीरबहादुर राना पुनः निर्वाचित भएका छन् ।नपत

प्रदेश १ : पराजय बेहोर्ने र दोहोरिनेमा पूर्वदेखि बहालवाला मन्त्रीसम्म

विराटनगर : ५६ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा ४७ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भईसकेको छ भने ८ निर्वाचन क्षेत्रबाट मत परिणाम आउन बाँकी छ।पछिल्लो मत परिणामअनुसार प्रदेश १ मा अघिल्लो निर्वाचनबाट निर्वाचित भएर ५ वर्षे कार्यकाल बिताइसकेका १३ जना सांसद पुनः प्रदेशसभामा दोहोरिने देखिएको छ भने अन्य १५ सांसद भने चुनावी प्रतिस्पर्धाबाट ‘रिङ आउट’ भएका छन् ।यी हुन् पुनः दोहोरिनेएमालेबाट ७ जनाएमालेबाट ७ जना सांसदले प्रदेश १ को प्रदेशसभामा पुनः ढोका ख

छक्का हान्ने जोश, डक आउट हुने खतरा

एमालेका चुनावी कमान्डर समेत रहेका पार्टी अध्यक्ष ओलीका लागि झापा–५ भन्दा ठूलो टाउको दुखाइ देशभरको निर्वाचन क्षेत्र बन्ने देखिन्छ । अघिल्लोपल्ट माओवादीसँगको गठबन्धनमा ठूलो अन्तरले पहिलो पार्टी बनेको एमालेले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा अब्बल साबित हुन निकै मिहिनेत गर्नुपर्नेछ ।

चुनावी दौडबाट डाक्टर तोसिमा आउट भएपछि ललितपुर ३ मा अब को–को छन् उम्मेदवार ?

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी डाक्टर तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेपछि उनी ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी रेसबाट बाहिरिएकी छन् । चिकित्सा क्षेत्रबाट राजनीतिमा होमिएकी उनको उम्मेदवारीबारे चर्चा हुँदै आएको थियो । यद्यपि ललितपुर क्षेत्र नम्बर ३ मा उनीबाहेक नै डेढ दर्जनको हाराहारीमा उम्मेदवार रहेका छन् । ललितपुर  ३  मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी पम्फा भुसाल र एमालेका अमृत खड्का उम्मेदवार छन् ।  यस्तै राष्ट्रिय प्रजात

चुनावी दौडबाट डाक्टर तोसिमा आउट भएपछि ललितपुर ३ मा अब को–को छन् उम्मेदवार ?

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी डाक्टर तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेपछि उनी ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी रेसबाट बाहिरिएकी छन् । चिकित्सा क्षेत्रबाट राजनीतिमा होमिएकी उनको उम्मेदवारीबारे चर्चा हुँदै आएको थियो । यद्यपि ललितपुर क्षेत्र नम्बर ३ मा उनीबाहेक नै डेढ दर्जनको हाराहारीमा उम्मेदवार रहेका छन् । ललितपुर  ३  मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी पम्फा भुसाल र एमालेका अमृत खड्का उम्मेदवार छन् ।  यस्तै राष्ट्रिय प्रजात

चुनावी गणितको प्रश्नपत्र बाहिरियो !

हाम्रो देशमा हुने विभिन्न परीक्षाको परम्पराको नियमानुसार प्रश्नपत्र जाँचभन्दा पहिल्यै आउट हुने गरेको छ । डाक्टर, इन्जिनियरको प्रश्नपत्र आउट गर्न त निकै कसरत गर्नुपर्छ रे । मैले पनि ठूलै पापड पेलेर अर्को हप्ता हुने चुनावी गणितको आउट भएको प्रश्नपत्र हात परेको छु, जो यसप्रसार छन् । महानगरको चुनावमा एउटा साइबर स्यालका लागि प्रतिहप्ता १० हजार खर्च दिनुपर्छ । दैनिक १०० पोस्ट विपक्षीलाई गाली गर्न, १०० पोस्ट उम्मेदवारको टिकटक बनाउन, ५० पोस्ट मानिसको समर्थनका भनाइ राख्न उसलाई कति जना साइबर स्याल चाहिएला ? १. एउटा उम्मेदवार वा नेता दिनमा जम्मा १० लिटर गोहीको आँसु बगाउँछ । यदि एउटा आमसभामा उसले सरदर ५०० मिलिलिटर गोहीको आँसु बगायो भने उसले जम्मा कति आमसभालाई सम्बोधन गर्‍यो होला ? २. चुनाव प्रचारका क्रममा दलदल पार्टीका उम्मेदवारले भोटरका अगाडि आफ्नो नाकलाई प्रतिदिन १ मिलिमिटर घोट्छ र दलबदल पार्टीका नेताले भने आफ्नो नाक त्यति नै समयमा १.५ मिलिमिटर घोट्छ । चुनाव परिणाम आउने दिन दलदल पार्टीको नाक ५.५ मिलिमिटर मात्रै घोटिएको हुन्छ, जब कि दलबदल पार्टीको नाक ३ मिटर घोटिइसकेको  हुन्छ । अब बताउनुस्– यी दुई दलले कति कति चुनाव प्रचार गरे त ? ३. सामान्यतया भोटरहरूलाई मासु र रक्सी बाँड्दा २.५ प्रतिशत, पैसा बाँड्दा २ प्रतिशत र मोबाइल बाँड्दा ०.९ प्रतिशत भोटको वृद्धि हुन्छ । एउटा पार्टी आफ्नो भोट यसअघिको चुनावको तुलनामा १५ प्रतिशतले बढाउन चाहन्छ । अब भन्नुस्– २ करोड भोटरका लागि कति मात्रामा रक्सी, बियर, मासु–च्युरा, मोबाइल र पैसाको जोहो गर्नुपर्ला ? ४. एउटा विरोधी नेताको सभा बिथोल्न कम्तीमा १५ अधम अरिँगालहरू चाहिन्छन् । यस प्रकारका एउटा अरिँगालका लागि करिब ५ लाख खर्च गर्नुपर्ने हुन्छ । तर एउटा दलले भने अरिँगालहरूमा १० करोड रुपैयाँ खर्च गर्‍यो । अब बताउनुस्– उसले विरोधीका कतिओटा आमसभामा गएर हंगामा मच्चाउन सफल भयो त ? ५. एउटा पार्टीको आफ्नो कोषमा ४० प्रतिशत भ्रष्टाचारबाट, १५ प्रतिशत कमिशनबाट, २० प्रतिशत घूसबाट, १५ प्रतिशत रुपैयाँ ट्रान्सफर गरेर र बाँकी चन्दाबाट जम्मा गर्ने गर्छ । यदि पार्टी फन्डमा यो वर्ष २०० करोड जम्मा भएको छ भने अब भन्नुस्– यो पार्टीले ट्रान्सफर व्यापारबाट कति पैसा लुँड्यायो ? ६. स्थानीय निकायका वडाहरू, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा कुनै विरोधी वा विरोधी दलका नेताको भोट वा बंगारा भत्काउन दिइने रकमको अनुपात १ः२ः३ को रहन्छ । यदि स्थानीय स्तरका कुनै आफ्नै पार्टी विरोधी गुट वा बागी उम्मेदवारलाई १० लाख रुपैयाँमा तोडिन्छ भने भने केन्द्रीय स्तरका नेतालाई तोड्नुपर्‍यो भने कति रुपैयाँ आवश्यक पर्छ होला ? ७. एउटा पार्टीले आरक्षणवालाहरूको भोटका लागि ५०० लिटर घरेलु रक्सी र २०० किलो मासु र बाँकी भोटका लागि १० करोड रुपैयाँको व्यवस्था गरेको छ । अब भन्नुस् कि यो पार्टीले पाउने भोटमध्ये आरक्षणवाला र अन्य सबै गरेर भोटको कति कति अनुपात रहन्छ ? ८. एउटा पार्टीले पूरै चुनावी सिजनमा विरोधीहरूमाथि १०० टन फोहोर फ्याँक्छ । एक टन फोहोरमा ३० क्विन्टल झुठ र ५० क्विन्टल गाली मिसाउनुपर्ने हुन्छ । एउटा शुद्ध चम्चाले भने ५० किलो झुठ र ५५ किलो गाली मिलाएर भाषण गर्न सक्षम हुन्छ । यस्तोमा पार्टीलाई कति शुद्ध चम्चाहरूको आवश्यकता पर्छ, ताकि भोटरहरूलाई साँच्चैजस्तो लाग्नेगरी एक शानदार गालीबाजीको कला निर्वाह गर्न सकियोस् ? ९. एउटा उम्मेदवार नेतालाई भत्काउन २ करोड रुपैयाँ र ४ सुन्दरीको आवश्यक पर्न सक्छ । पार्टीलाई चुनावमा बहुमत हासिल गर्न कम्तीमा थप स्थानीय निकायहरू, जस्तै– २०० गाउँपालिका, ८ उपनगरपालिका र १९० नगरपालिकामा जित्नुपर्ने हुन्छ । त्यो पार्टीसँग जम्मा ५० करोड रुपैयाँ र ५० सुन्दरीहरू मात्र छन् । अब भन्नुस्, बहुमत पुर्‍याउन अब थप कति रुपैयाँ र थप कति सुन्दरीहरू जुटाउनुपर्ने हुन्छ ? १०. चुनाव जित्नैका लागि एउटा नेताले ५ करोड खर्च गर्‍यो । यदि उसलाई प्रतिभ्रष्टाचार ५ लाख, प्रतिडिलिङको कमिशनबापत ३ लाख र प्रतिकर्मचारी सरुवाबापत २ लाख आय हुन्छ । अब भन्नुस् कि उसलाई जम्मा कतिओटा भ्रष्टाचार, कमिशन र सरुवाको काम गर्नुपर्ने हुन्छ, ताकि उक्त नेता व्यवसायमा आफ्नो लागतको कमसेकम १० गुणा बढी रुपैयाँ आरामसँग कमाउन सकोस् ? ११. एउटा चुनावी र्‍याली गर्न १०० युवालाई ललिपप, मासु चिउरा र दारुका लागि प्रतियुवा दैनिक कम्तीमा १ हजार खर्च लाग्छ । अब भन्नुहोस्– उसले एक महीनाको चुनाव अभियानमा कति खर्च गर्‍यो होला ? १२. महानगरको चुनावमा एउटा साइबर स्यालका लागि प्रतिहप्ता १० हजार खर्च दिनुपर्छ । दैनिक १०० पोस्ट विपक्षीलाई गाली गर्न, १०० पोस्ट उम्मेदवारको टिकटक बनाउन, ५० पोस्ट मानिसको समर्थनका भनाइ राख्न उसलाई कति जना साइबर स्याल चाहिएला ? १३. चुनावका लागि अनलाइनमा आफ्नो पक्षमा जनता रहेको समाचार बनाउन, विपक्षीमाथि पुष्टि गर्नु नपर्ने गम्भीर आरोप लगाउन तथा पुराना गल्ती खोजी खोजी प्रचार गर्न प्रतिअनलाइन प्रतिसमाचार १५ हजार दिनुपर्छ । दैनिक दर्जनौं अनलाइनमा यस्तो समाचार आइरहेको छ । १५ दिनमा उक्त पार्टीले यस शीर्षकमा कति खर्च गर्‍यो होला ? १४. समृद्ध नेपाल सुखी नेपालीका लागि चुनावमा गाडी र मोटरसाइकल नभई त चुनाव प्रचार हुने कुरै भएन । एउटा उम्मेदवारले १०० गाडी र २ हजार मोटरसाइकलका लागि दैनिक १० लिटर पेट्रोल हालिदिन्छ । पार्टीका झन्डा राखेर गुडेपछि त्यो गाडी र मोटर दैनिक १०० किलोमिटर गुड्छ । यस हिसाबले ६ महानगरपालिकाका लागि मात्र कति पेट्रोल खर्च हुन्छ ? १५. राजनीति सबैभन्दा बढी प्रतिफल दिने व्यवसाय हो भनिन्छ । माथिका सबै खर्च जोडेपछि  पाँच वर्षमा शतप्रतिशत प्रतिफल लिन उसले आफू र आफ्नो पार्टीका लागि कति भ्रष्टाचार गर्नुपर्ला ? अनि त्यसका लागि अब कति कर थप्नुपर्ला ? यी प्रश्नहरूको सही उत्तर दिन सक्नुभयो भने जाँचै नदिए पनि राजनीति विषयमा तपाईंले पनि विद्यावारिधिको प्रमाणपत्र प्राप्त गर्नुहुनेछ है !

जाजरकोटमा काँग्रेस–माओवादीबीच नयाँ तालमेल, समाजवादी आउट

जाजरकोटमा सुरुमा गठबन्धनको निर्णय अनुसार जाने सहमति भएपनि उम्मेदवारी फिर्ता लिने दिनसम्म आइपुग्दा गठबन्धन भाँडिने खतरा देखिएको थियो । तर गठबन्धन दलभित्रका नेपाली काँग्रेस र माओवादी केन्द्रले गठबन्धनको निर्णय विरुद्ध उम्मेदवारी दिएकाहरूलाई धमाधम उम्मेदवारी रद्द गराउँदै नयाँ शिराबाट तालमेललाई अघि बढाएका छन्  ।  आइतबार जाजरकोटका तीन पालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच नयाँ तरिकाबाट चुनावी तालमेल गर्ने सहमति भएको छ ।  दुई पार्टीबीच भेरी, नलगाड नगरपालिका र शिवालय ग

‘बादल’ चुनावी मैदानबाट आउट

प्रकाश ढकाल/उज्यालो । काठमाडौं, कात्तिक १५ – नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ चुनावी प्रतिस्पर्धाबाट बाहिर हुनुभए...