प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ओली नेतृत्वको सरकारले गरेको सवै असंवैधानिक ढंगले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ । त्यस्तै उनीहरुबीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको छ । मंगलबार बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भएको छलफलमा यस्तो सहमति भएको बालुवाटार निकट स्रोतले जनाएको छ ।‘सरकार प्रभावकारी ढंगले सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री र अध्यक्षबीच छलफल भएको हो’, अध