साझा कार्यक्रममार्फत सरकार सञ्चालन गर्ने माओवादीको निर्णय

 नेकपा माओवादीले  शेरबहादुर देउवा नेतृत्वको सरकार सफल बनाउन गठबन्धनबीच साझा नीति तथा कार्यक्रम आवश्यक भएकाले छिटै त्यस्तो कार्यक्रम बनाउने भएको छ । साझा कार्यक्रम गठबन्धनले बनाउने र सोही अनुसार सरकार सञ्चालन गर्ने माओवादीले निर्णय गरेको छ । बुधबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीको प्रतिगामी कदम असफल पार्न सहयोग गर्ने सवैलाई धन्यवाद दिदै गठबन्धनको सरकारलाई सफल बनाउन साझा नीति तथा कार्यक्रम वा न्युनतम साझा प्रतिवद्धता आवश्यक भएको ठहर गर्दै त्यस्ता कार्यक्रम