बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

हेटौंडा : बागमती प्रदेश सरकार सञ्चालन कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ।गठबन्धनमा रहेका ४ दल संलग्न कार्यदलले संयुक्त तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रम मुख्यमन्त्री राजेन्द्र पाण्डेसमक्ष सार्वजनिक गरिएको हो।कार्यदलको संयोजक युवराज दुलाल नेतृत्वको टोलीले करिब एक महिनाको छलफल र अध्ययनपश्चात तयार पारेको सरकारको न्यूनतम कार्यक्रम बिहीबार मुख्यमन्त्री पाण्डेलाई बुझाएको छ। कार्यदलले कोभिड–१९ को महामारीबाट प्रदेशवासी नागरिकको जीवनरक्षा, संविधानको सर्वोच

सम्बन्धित सामग्री

बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम स्वीकृत

बागमती प्रदेश सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रमहरू स्वीकृत गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस अघि प्रदेश सरकार सञ्चालनका लागि बनेको कार्यदलले पेस गरेको सरकारको साझा न्यूनतम कार्यक्रम, २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको हो ।प्रदेश अघिका प्रदेश सरकारले ल्याएको विद्युतीय बस सञ्चालन र खरिद प्रक्रिया तथा भीमफेदी कुलेखानी सुरुङ मार्ग निर्माणको योजना रोकेको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले पुनः प्रदेशको गौरवको आयोजनाको रूपमा केही सुरुङ मार्ग र विद्युतीय बस सञ्चालन र चार्जिङ्

बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

मकवानपुर । बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ ।     कार्यदलका संयोजक युवराज दुलालले प्रदेश सरकारलाई प्रस्ताव गरिएको न्यूनतम साझा कार्यक्रम बिहवार सार्वजनिक गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका छन् । प्रदेशमा गठबन्धन सरकार गठन भएको ३५ दिनपछि न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । कार्यदलले प्रदेश सरकारलाई कोभिड–१९ को सामना तथा स्वास्थ्य क्षेत्रको सुदृढीकरण, संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति सुरक्षाको प्रत्याभूति र सुशासन, आर्थिक नीति तथा कार्यक्रम तथा पर्यावरणीय सुरक्षामा प्रादेशिक भूमिकालगायत विषयमा प्राथमिकताका साथ काम गर्न योजनासहित प्रस्ताव गरिएको मुख्यमन्त्री पाण्डेले बताए । सो अवसरमा मुख्यमन्त्री पाण्डेले वाम लोकतान्त्रिक गठबन्धनको कार्यदलले समसामयिक जनहितका कार्यक्रम तय गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेकोमा प्रसन्नता व्यक्त गरे । प्रदेश सरकारसँगको समन्वयमा कार्यदलले साझा कार्यक्रम बनाएको उल्लेख गर्दै उनले प्रदेश सरकारले उक्त साझा कार्यक्रमलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरे । न्यूनतम साझा कार्यक्रममा कार्यदलका संयोजक दुलाल, कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घले, नेकपा एकीकृत समाजवादीको तर्फबाट माधव पौडेल र मीना ज्ञवाली, नेकपा माओवादी केन्द्रको तर्फबाट बुद्धिमान माझीले हस्ताक्षर गरेका थिए । रासस

बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

मकवानपुर । बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिएको छ । कार्यदलका संयोजक युवराज दुलालले प्रदेश सरकारलाई प्रस्ताव गरिएको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरे । प्रदेशमा गठबन्धन सरकार गठन भएको ३५ दिनपछि न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । कार्यदलले प्रदेश सरकारलाई कोभिड–१९ […]