चैनपुर : बझाङको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले प्रदेश, संघ सरकार र गैरसरकारी संस्थालाई गाउँपालिकाको भूगोल हेरेर योजना तथा बजेट विनियोजन गर्न आग्रह गरेका छन्। गाउँपालिकामा योजनाहरू मागको आधारमा नआएर फरक तरिकाले आउने गरेको उनले बताए।उनले भने, ‘विद्यालयमा घेराबार आवश्यक छ। भवनको योजना हालेको छ। त्यसमा पनि जयपृथ्वी नगरपालिकामा २२ लाखको भवन परेको छ भने साइपाल गाउँपालिकामा पनि २२ लाखको नै भवन भनेर योजना हालेको हुन्छ।’जयपृथ्वी नगरपालिकामा यातायात सुविधा भएकाले २२ ला