सोलुखुम्बु – चेली र माइतीबीच सद्भावको चाड तिहार नजिकिएसँगै सोलुखुम्बुमा तामाका डालीको व्यापार दोब्बरले बढेको छ ।
तिहारमा उपहार दिन तामाबाट बनेको डाली खरिद गर्नेको संख्या बढेको व्यापारीहरुले बताएका छन् । तिहारमा भाइ टीकापछि माइतीले चेलीलाई उपहार स्वरुप तामाको डाली दिने चलन बढेसँगै व्यापारमा वृद्धि भएको सल्लेरीका सुब्बे विश्वकर्माले बताउनुभयो ।
जिल्ला सदरमुकामकाे नयाँ बजार, नेले बजार, पत्ताले बजार, नेचा बिहीवारे लगायतका साप्ताहिक हाटहरुमा डाली खरिद गर्नेहरु बढेको व्यापारीहरु बताउँछन् । तामाको डाली सोलुमै...