तिहार नजिकिएसँगै भाइमसलाको व्यापार बढ्यो

काठमाडौं । तिहार शुरू हुन १ हप्ता बाँकी हुँदा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाएपछि दिने भाइमसलाको व्यापार ह्वात्तै बढेको छ । व्यापारीहरूका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष काजु, बदाम, पेस्ता, नरिवल, ओखर, छोकडालगायत मसलाको व्यापार करीब १० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको तिहारमा कोरोना महामारीको त्रास धेरै भएकाले यसको व्यापार उल्लेख्य रूपमा हुन नसकेको खुद्रा व्यापारसंघका महासचिव अमुलकाजी तुलाधरले बताए । तर, यसपटक भने त्रास कम भएकाले भाइमसलाको व्यापार बढेको छ । सामान्य अवस्थाको तुलनामा तिहारको समयमा काजु, बदाम, किसमिस, ओखरलगायत वस्तुको व्यापार करीब ३० देखि ४० प्रतिशतसम्मले वृद्धि हुने गरेको छ । नेपालमा तिहारको समयमा मात्रै करीब ६० करोड रुपैयाँसम्मको भाइमसलाको कारोबार हुने गरेको व्यापारीहरू बताउँछन् । यसपटक भाइमसलाको मूल्यमा समेत केही वृद्धि भएको पाइएको छ । संघका अनुसार छोकडाको मूल्य प्रतिकिलो १ सय १५ रुपैयाँबाट बढेर २ सय ५० रुपैयाँ कायम भएको छ । किसमिसको मूल्यमा प्रतिकिलो ५० रुपैयाँले बढेर ४ सय बाट ४ सय ५० रुपैयाँ पुगेको छ । काजुको मूल्य अघिल्लो वर्षको तिहारको तुलनामा प्रतिकिलो १ सय रुपैयाँले बढेर १५ सयबाट १६ सय रुपैयाँ पुगेको छ । त्यसैगरी अञ्जिरको मूल्य पनि गतवर्षको तुलनामा ५० रुपैयाँले बढेर १५ सय ५० रुपैयाँ कायम भएको बताइएको छ । यसअघि सरकारले आयात बन्द गरेका कारण सुपारीको मूल्यमा भने प्रतिकिलो ४ सय रुपैयाँले वृद्धि भएको छ । कुनै वस्तुको मूल्य भने घटेको पाइएको छ । सबैभन्दा बढी मूल्य घट्नेमा सुकुमेल रहेको छ । सुकुमेलको मूल्य प्रतिकिलो २ हजार रुपैयाँले घटेर ५ हजारबाट ३ हजार रुपैयाँ किलो कायम भएको छ । ओखरको मूल्य पनि प्रतिकिलो ५० रुपैयाँले घटेर ६ सय रुपैयाँबाट प्रतिकिलो ५ सय ५० रुपैयाँमा झरेको बताइएको छ । घरआँगनमै तिहार प्रवेश गर्न थालिसकेकाले बजारमा यस्ता वस्तुको किनमेल गर्ने उपभोक्तासमेत बढेका छन् । अहिले काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू असन, इन्द्रचोक, न्यूरोड, खिचापोखरीलगायत स्थानमा तिहार केन्द्रित किनमेल गर्ने ग्राहकको भीड बढेको देख्न सकिन्छ ।

सम्बन्धित सामग्री

राजधानीका मुख्य व्यापारिक क्षेत्रमा बढ्यो तिहारको चहलपहल

काठमाडौँ – काठमाडौँको मुख्य व्यापारिक क्षेत्र असनचोकमा तिहार सामग्री बेच्दै गरेकी रेश्मा तुलाधर नेपालीको दोस्रो ठूला पर्व नजिकिएसँगै व्यापार उल्लासमय बन्दै गएको बताउँछिन्। “केही समय पहिला सुनसान बनेको व्यापार चाडवाड नजिकिएसँगै चहलपहल बढ्दो छ । विशेष गरी तिहार केन्द्रित सामग्री यस ठाउँमा बिक्री हुनाले उपत्यकावासी र उपत्यकाबाट तिहारको लागि बाहिरिने सर्वसाधारणको किनमेलको चाप अहिले उल्लेख्य […]

तिहार नजिकिएसँगै बढ्यो कुचोको माग

तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ । लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाई टीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा व्यवसायीहरुलाई कुचो उत्पादन गर्न भ्याइनभ्याइ भएको हो ।कुचोको माग बढेसँगै व्यवसायीहरुलाई कुचो बनाउन भ्याइनभ्याइ भएको छ । नेपालमा मात्रै नभइ भारतमा पनि कुचोको माग बढेको काठमाडौंको सुकेधारास्थित गोरखनाथ […]

माटाका भाँडाको व्यापार बढ्यो

सर्लाही : तिहार नजिकिएसँगै सर्लाहीका हाटबजारमा माटाका भाँडाको व्यापार बढेको छ।जिल्लाको बरहथवा, लालबन्दी, नवलपुर, हरिवन, हरिपुर, मलङ्गवा, बयलवास, गोडैतालगायतका हाट बजारमा तिहारमा प्रयोग हुने माटाका भाँडाको व्यापारमा उल्लेख्य वृद्धि भएको हो। ग्रामीण भेगमा लाग्ने हाटबजारमा समेत माटाका भाँडा बिक्रीका लागि राखेको देखिन्छ।तराई क्षेत्रमा कुम्हार, लोहार, अग्रहरी, गुप्ता, पण्डितलगायत समुदायले उत्पादन गरी बिक्री वितरण गर्ने गरेका छन्। तिहारमा माटोबाट बनाइएको घैँटो, दियो, कलशलगायत भाँडाको राम्रो व्याप

तिहार नजिकिएसँगै सोलुमा तामाको डालीको व्यापार दोब्बरले बढ्यो

सोलुखुम्बु – चेली र माइतीबीच सद्भावको चाड तिहार नजिकिएसँगै सोलुखुम्बुमा तामाका डालीको व्यापार दोब्बरले बढेको छ । तिहारमा उपहार दिन तामाबाट बनेको डाली खरिद गर्नेको संख्या बढेको व्यापारीहरुले बताएका छन् । तिहारमा भाइ टीकापछि माइतीले चेलीलाई उपहार स्वरुप तामाको डाली दिने चलन बढेसँगै व्यापारमा वृद्धि भएको सल्लेरीका सुब्बे विश्वकर्माले बताउनुभयो । जिल्ला सदरमुकामकाे नयाँ बजार, नेले बजार, पत्ताले बजार, नेचा बिहीवारे लगायतका साप्ताहिक हाटहरुमा डाली खरिद गर्नेहरु बढेको व्यापारीहरु बताउँछन् । तामाको डाली सोलुमै...

तिहार नजिकिएसँगै बढ्यो कुचोको माग (तस्बिरहरु)

काठमाडौँ – तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ। लक्ष्मी पूजाको दिन नयाँ कुचोको पूजा हुने र भाइटीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा व्यवसायीहरुलाई कुचो उत्पादन गर्न भ्याइनभ्याइ भएको हो। कुचोको माग बढेसँगै व्यवसायीहरुलाई कुचो बनाउन भ्याइनभ्याइ भएको छ। नेपालमा मात्रै नभइ भारतमा पनि कुचोको माग बढेको काठमाडौँको सुकेधारास्थित गोरखनाथ […]

तिहार नजिकिएसँगै बढ्यो कुचोको माग

काठमाडौँ - तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ । लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाइ टीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा कुचोको माग बढेको हो ।  कुचोको माग बढेसँगै व्यवसायीहरूलाई कुचो बनाउन भ्याइनभ्याइ भएको छ । नेपालमा मात्रै नभइ भारतमा पनि कुचोको माग बढेको काठम...

तिहार नजिकिएसँगै बढ्यो कुचोको माग

काठमाडौँ - तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ । लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाइ टीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा कुचोको माग बढेको हो ।  कुचोको माग बढेसँगै व्यवसायीहरूलाई कुचो बनाउन भ्याइनभ्याइ भएको छ । नेपालमा मात्रै नभइ भारतमा पनि कुचोको माग बढेको काठम...

तिहार नजिकिएसँगै कुचोको माग बढ्यो

काठमाडौं । तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ । लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाईटीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा कुचोको माग बढेको हो । कुचोको माग बढेसँगै व्यवसायीहरुलाई कुचो बनाउन भ्याइनभ्याइ समेत भएको छ । नेपालमा मात्रै नभइ भारतमा पनि कुचोको माग बढेको काठमाडौंको सुकेधारास्थित गोरखनाथ […]

तिहारसँगै बढ्यो झिलिमिली बत्तीको व्यापार, कस्ता बत्तीको मूल्य कति ?

तिहार नजिकिएसँगै राजधानीमा झिलिमिली बत्तीको व्यवसाय बढेको छ। विशेषतः यतिबेला महाबौद्ध क्षेत्रलाई व्यापारीहरुले दुलहीझैँ सिँगारेका छन्। दिउँसैदेखि झिलिमिली बत्ती बालेर व्यपारीले ग्राहकलाई आकर्षित गर्ने गरेका छन्। अझ रातको समयमा झिलिमिली बत्तीकै कारण यहाँको दृष्य निकै रमाइलो देखिन्छ। यस्ता विद्युतीय झिलिमिली बत्ती अधिकाँश चीनबाट आउने गर्दछ। बजारमा विभिन्न थरीका बत्ती भएपनि ‘एलइडी १००’ धेरै बिक्ने गरेको…