सर्लाही : तिहार नजिकिएसँगै सर्लाहीका हाटबजारमा माटाका भाँडाको व्यापार बढेको छ।जिल्लाको बरहथवा, लालबन्दी, नवलपुर, हरिवन, हरिपुर, मलङ्गवा, बयलवास, गोडैतालगायतका हाट बजारमा तिहारमा प्रयोग हुने माटाका भाँडाको व्यापारमा उल्लेख्य वृद्धि भएको हो। ग्रामीण भेगमा लाग्ने हाटबजारमा समेत माटाका भाँडा बिक्रीका लागि राखेको देखिन्छ।तराई क्षेत्रमा कुम्हार, लोहार, अग्रहरी, गुप्ता, पण्डितलगायत समुदायले उत्पादन गरी बिक्री वितरण गर्ने गरेका छन्। तिहारमा माटोबाट बनाइएको घैँटो, दियो, कलशलगायत भाँडाको राम्रो व्याप