तिहार नजिकिएसँगै राजधानीमा झिलिमिली बत्तीको व्यवसाय बढेको छ। विशेषतः यतिबेला महाबौद्ध क्षेत्रलाई व्यापारीहरुले दुलहीझैँ सिँगारेका छन्। दिउँसैदेखि झिलिमिली बत्ती बालेर व्यपारीले ग्राहकलाई आकर्षित गर्ने गरेका छन्। अझ रातको समयमा झिलिमिली बत्तीकै कारण यहाँको दृष्य निकै रमाइलो देखिन्छ। यस्ता विद्युतीय झिलिमिली बत्ती अधिकाँश चीनबाट आउने गर्दछ। बजारमा विभिन्न थरीका बत्ती भएपनि ‘एलइडी १००’ धेरै बिक्ने गरेको…