श्रीको जहाजमा उड्दा-उड्दै समस्या, बुद्धको जहाज ‘ट्याक्सी वे’बाटै फिर्ता

१२ असोज, काठमाडौं । श्री एयरलाइन्सको एसएचए १६०१ उडानको जहाजमा उड्दा-उड्दै समस्या देखिएपछि आकस्मिक अवतरण गर्नु परेको छ । शुक्रबार माउण्टेन फ्लाइटमा उडेको जहाजको दायाँ इन्जिनबाट इन्धन लिकेज भएको अवस्थामा चालकले इमर्जेन्सी मागेका थिए । त्यसपछि जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । यो जहाज त्रिभुवन विमानस्थलबाट ५८ नटिकल माइल उडिसकेको थियो । […]

सम्बन्धित सामग्री

मुसा निकालेपछि बुद्धको जहाज काठमाण्डौ ल्याइयो

काठमाण्डाै – बुद्ध एअरले जहाजमा रहेको मुसा बाहिर निकालेर जहाज काठमाण्डौ ल्याएको छ ।हिजो शनिवार जनकपुरमा रोकिएको जहाजको ट्र्यापमा आज आइतवार बिहान भेटिएको मुसालाई बाहिर निकालिएको बुद्ध एअरले जनाएको छ । मुसा निकालेपछि जहाजलाई सम्पूर्ण जाँच गरी दुई/तीन घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको कम्पनीले जनाएको छ । आज दिउँसो प्रशिक्षक, चालक र प्राविधिक टाेलीले जहाजलाई काठमाण्डाै ल्याएको छ । जहाजलाई थप निरीक्षण गरी पुनः व्यावसायिक उडान थालिने बुद्ध एअरले जनाएको छ ।बुद्ध एअरलाइन्सले यात्रुलाई आफ्नो ब्याग...

बुद्ध एयरले ल्यायो अर्को नयाँ जहाज

काठमाडौं । बुद्ध एयरले अर्को नयाँ जहाज ल्याएको छ । बुद्धले शुक्रबार एटीआर–७२ जहाज ल्याएको हो । योसँगै अब बुद्धको जहाज संख्या १५ पुगेको छ । जसमा १२ वटा एटीआर–७२ छन् । एटीआर–४२ जहाज तीन वटा छन् । यसअघि बुद्धसँग भएका दुई बिचक्राफ्ट क्यानाडाको कम्पनीलाई बेचेको थियो । नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पुर्‍याएर एक […]

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरी फिर्ता

पाइलटले ‘इन्डिकेटर’ मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता ल्याउने निर्णय गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।...

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

काठमाडौं– काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरेरै फिर्ता भएको छ । अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण नगरेर काठमाडौं फिर्ता भएको हो । पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता ल्याउने निर्णय गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।  काठमाडौंमा भने इमर्जेन्सी घोषणा नगरेर […]

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरी काठमाडौं फिर्ता

१३ मंसिर, काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण गर्न सकेन । ‘पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता ल्याउने निर्णय गरेका थिए,’ स्रोतले भन्यो, ‘काठमाडौंमा भने […]

भद्रपुरका लागि उडेको बुद्धको जहाज बीचबाट फर्काएर काठमाडौँमै अवतरण

काठमाडौँ – काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज पुनः काठमाडौँमै फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार फ्लाइट नम्बर-९५३ ‘ए–एनपी’ को जहाज ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । बिहान १० बजेर ४३ मिनेटमा उडेको जहाजको पछिल्लो टायरका केही पार्ट धावनमार्गमा भेटिएपछि काठमाडौँ फर्काइएको हो। जहाजमा ६९ जना यात्रु […]

धनगढीबाट काठमाडौं उडेको बुद्धको जहाज अचानक नेपालगञ्जमा अवतरण

धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीबाट काठमाडौंका लागि उडेको जहाज अचानक नेपालगञ्जमा अवतरण गरिएको छ। बुधबार बुद्ध एयरको जहाज अचानक नेपालगञ्जमा अवतरण गरिएको हो।उडान नं २५२ को जहाजमा एकजना यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि नेपालगञ्जमा जहाज अवतरण गरिएको बुद्ध एयरले जनाएको छ। विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरेर यात्रुको चेकजाँच गरिएको बताइएको छ।यस्तै बिरामी यात्रुले ठिक छ भनेपछि आफन्तका साथ बाहिर निस्किएको जनाइएको छ।

सुर्खेत उडेको बुद्धको जहाज नेपालगञ्जमा अवतरण

काठमाडौं, असोज २० । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्जमा अवतरण भएको छ । खराब मौसमका कारण सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि जहाज नेपालगञ्ज फर्किएर अवतरण गरेको छ ।

दुई घण्टा आकाशमा घुमेर अवतरण भयो बुद्धको जहाज

काठमाडौं । सोमबार बिहान काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एअरको जहाज अवतरण हुने क्रममा चक्का नखुलेपछि पुनः काठमाडौं फर्किएर सुरक्षित अवतरण भएको छ । बुद्ध एअरको यु १६१ रहेको (एनएजेओ) जहाजमा समस्या आएको बताइएको छ । उडान नम्बर यु १६१ रहेको एनएजेओ जहाजमा समस्या आएको तर काठमाडौं फर्किने क्रममा केही समयपछि पुनः चक्का खुलेपछि सुरक्षित […] The post दुई घण्टा आकाशमा घुमेर अवतरण भयो बुद्धको जहाज appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

विराटनगर उडेको २ घण्टापछि बुद्धको जहाज काठमाडौँमा अवतरण

बुद्ध एयरको जहाज विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेर काठमाडौँ फर्किएर कयौँ फन्को लगाएपछि बल्ल अवतरण भएको छ । आकाशमै कयौँ फन्का लगाएर अहिले बुद्धको जहाज बल्ल आकस्मिक अवतरण भएको हो । ल्याण्डिङ गियरमा समस्या भएपछि विराटनगरमा अवतरण हुन नसक्दा जहाज काठमाडौँ नै फर्किएको हो । आकस्मिक अवतरणका लागि काठमाडौँ फर्काइएको भएपनि ल्याण्ड हुन नसकी आकाशमै फन्को मारेर घुमेको थियो । जहाज बिहान ८ः१५ बजे काठमाडौँबाट बिहान विराटनगर उडेको थियो । काठमाडौँबाट उडेको २ घण्टाभन्दा बढी समयपछि जहाज बल्ल ल्याण्ड भएको हो ।