काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

काठमाडौं– काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरेरै फिर्ता भएको छ । अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण नगरेर काठमाडौं फिर्ता भएको हो । पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता ल्याउने निर्णय गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।  काठमाडौंमा भने इमर्जेन्सी घोषणा नगरेर […]

सम्बन्धित सामग्री

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरी फिर्ता

पाइलटले ‘इन्डिकेटर’ मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता ल्याउने निर्णय गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।...

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरी काठमाडौं फिर्ता

१३ मंसिर, काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण गर्न सकेन । ‘पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता ल्याउने निर्णय गरेका थिए,’ स्रोतले भन्यो, ‘काठमाडौंमा भने […]

बुद्ध एयरका जहाजमा समस्यै समस्या, ३ महिनामै ६ पटक प्राविधिक गडबडी

नीजि क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरको व्यवसाय विस्तार आक्रामक छ । कर्णाली र सुदूरपश्चिम क्षेत्रका गन्तव्यमा उडान गर्न पोखरालाई हब बनाउन लागेको बुद्धले पर्वी नेपालका गन्तव्यमा उडान गर्न रामेछापको मन्थली विमानस्थललाई हबका रुपमा प्रयोग गर्दैछ । बुद्धले ८ वटा जहाज किनेर आक्रामक व्यवसाय विस्तार गर्ने लक्ष्य राखेको छ ।दुर्गमका पहाडी तथा हिमाली क्षेत्रमा रहेका विमानस्थलमा उडान गर्न व्यवसायिक योजना बनाएर काम पनि सुरु गरिसकेको बुद्ध एयरले पछिल्लो समयमा भने यात्रुको गाली खानु परिरहेको छ । जहाजमा एकपछि अर्को खराबी देखिँदै आएपछि यात्रुहरुले बुद्ध एयरलाई गाली मात्रै गरेका छैनन्, कतिपय अवस्थामा चढ्नै अस्वीकार पनि गरेका छन् ।यी हुन् समस्याका श्रृङ्खला असोज ११ गते बुद्ध एयरका २ जहाजमा एकैदिन खराबी देखियो । ती दुबै जहाज एटिआर–७२ जहाज हुन् । उक्त दिन काठमाडौँबाट विराटनगर उडेको ‘९ एन–एएनआई’ कलसाइनको एटीआर–७२ जहाज ल्याण्डिङ इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौँ फर्कियो । काठमाडौँमा पनि सहज नभई ‘फोर्स’ ल्याण्ड गर्नुपर्यो । उक्त जहाजमा चालक दलका ४ सदस्यसहित ७७ यात्रु थिए ।सोही दिन काठमाडौँबाट पोखरा उडेको एटीआर–७२ ‘९ एन–एजेओ’ कलसाइनको जहाज ककपिटमा समस्या देखिएपछि काठमाडौँ फिर्ता भयो । त्रिभुवन विमानस्थलमा जाँच गरेपछि उक्त जहाजलाई पोखरा पठाईएको थियो ।मंसिर ४ गते सिमरा विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाजको टायरको हावा फुस्कियो । एटीआर–७२ सिरिजकै ९ एन–एएनयु कलसाइनको जहाजको अवतरणपछि घुमाउने क्रममा टायरको हावा फुस्कियो । जसका कारण सिमरा–काठमाडौँ उडान डिले हुन पुग्यो ।मंसिर ११ गते पनि बुद्धकै जहाज नेपालगञ्ज विमानस्थलमा स्यालको बच्चासँग ठोक्कियो । यसलाई जहाजको कमजोरी नमानिएपनि जहाजमा भने समस्या आयो ।मंसिर २२ गते राती ९ बजे बुद्ध एयरको जहाज भैरहवाबाट काठमाडौँ उडानको तालिका थियो । उडान नम्बर युफोर–८१० जहाजमा यात्रुहरु चढ्दै मानेनन् । कारण उही थियो, प्राविधिक समस्या । तर पनि जहाज जबर्जस्ति उडाउन खोजिएको भन्दै यात्रुहरुले चढ्न अस्वीकार गरेपछि रात्रीकालिन उडान रोकियो ।त्यसपछि सोही राती करिब साढे ११ बजेको समयमा अर्को जहाज गएर यात्रुलाई काठमाडौँ ल्यायो । पौष १ गते पनि बुद्धको जहाज भरतपुरमा आपतकालीन अवतरण भयो । भरतपुरबाट उडान भरेको केहीबेरमै जहाजमा यान्त्रिक गडबडी आएपछि जहाजलाई फेरि भरतपुरमै फर्काएर अवतरण गराईएको थियो ।किन आईरहन्छ बारम्बार खराबी ?असोज ११ गते ल्याण्डिङ गियरमा समस्या देखिएको र सोही दिन ककपिटमा समस्या देखिएको जहाज एटीआर–७२ सिरिजकै हुन् । यी दुबै जहाज निकै पूराना थिए । विराटनगर उड्दा समस्या देखिएको बुद्धको जहाज १४ बर्ष पुरानो हो । यो जहाज बुद्धले नेपाल ल्याउनु अघि भारतको किङफिसर र जेट्कोनेक्टले उडाएको थियो । पूरानौ भएकै कारण समस्या देखिने दाबी हुँदै आएपनि अन्त्यमा चालकलाई दोषी देखाईयो ।सोही दिन पोखरामा समस्या देखिएको अर्को जहाज त झन २४ वर्ष पुरानो पाईएको छ । भारतको एयर डेकनले उडाइरहेको उक्त जहाज बुद्ध एयरले सन् २०१० नेपाल भित्र्याएको थियो ।जहाज ‘थोत्रा’ भएरै बुद्धका जहाजमा बारम्बार समस्या आईरहनुको दाबी नियामकका अधिकारीको छ । तर, छानविन गर्दा अरु नै कारण देखाई कम्पनीलाई उन्मुक्ति दिने काम भईरहेको स्रोत बताउँछ ।