बुद्ध एयरको जहाज विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेर काठमाडौँ फर्किएर कयौँ फन्को लगाएपछि बल्ल अवतरण भएको छ । आकाशमै कयौँ फन्का लगाएर अहिले बुद्धको जहाज बल्ल आकस्मिक अवतरण भएको हो । ल्याण्डिङ गियरमा समस्या भएपछि विराटनगरमा अवतरण हुन नसक्दा जहाज काठमाडौँ नै फर्किएको हो । आकस्मिक अवतरणका लागि काठमाडौँ फर्काइएको भएपनि ल्याण्ड हुन नसकी आकाशमै फन्को मारेर घुमेको थियो । जहाज बिहान ८ः१५ बजे काठमाडौँबाट बिहान विराटनगर उडेको थियो । काठमाडौँबाट उडेको २ घण्टाभन्दा बढी समयपछि जहाज बल्ल ल्याण्ड भएको हो ।