काठमाडौं : भारतले आउँदो वर्ष पाकिस्तानमा हुने एशिया कप क्रिकेट नखेले पाकिस्तानले पनि भारतमा हुने विश्वकप नखेल्ने चेतावनी दिएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले भारतले एसिया कप तटस्थ स्थानमा खेल्न चाहेको बताएपछि पाकिस्तानले भारतमा अर्को वर्ष हुने विश्वकप प्रतियोगिताबाट बाहिरिने चेतावनी दिएको हो। बिसिसिआइका सचिव शाह एशियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष पनि हुन्। एसीसी कै कार्यकारी समितिले प्रतियोगिता पाकिस्तानमा आयोजना गर्ने निर्णय गरेको हो। तर मुम्ब