काँग्रेसको सभापति पदमा केन्द्रीय सदस्य शेखर कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार दलबलसहित राष्ट्रियसभा गृहमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनका टीमका अन्य पदाधिकारीहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।कोइरालको टीममा उपासभापतिको उम्मेदवार चन्द्र भण्डारी र धनराज गुरुङ रहेका छन् । यस्तै महामन्त्री पदमा गगन थापा र मिनेन्द्र रिजाल रहेका छन् भने सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको