काठमाडाैं : फिफाको ७१ औं कंग्रेसमा साउदी अरेबियाले राखेको हरेक दुई वर्षमा विश्वकप आयोजना गरिपाँउ भन्ने औपचारिक प्रस्तावमा नेपालसहित दक्षिण एसियाका चार देशले सहमति जनाएका छन्।फिफा क्यालेन्डर परिवर्तन गर्नुपर्ने आवाजमा दक्षिण एसियाका चार देशले संयुक्त सहमति जनाएका हुन्।अखिल नेपाल फुटबल संघ (एन्फा) सहित दक्षिण एसियाली देशहरु माल्दिभ्स, बंगलादेश र श्रीलंकन फुटबल संघहरूले संयुक्त विज्ञप्ती जारी गर्दै नयाँ प्रस्तावको पक्षमा रहेको जनाएका छन्। फिफा कंग्रेसमा साउदी अरबले औपचारिक प्रस्ताव पेश गर्दा १