हिमाली जिल्ला रसुवामा श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेदका मुद्दा दायर गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएका छन् । न्याय सम्पादन अन्तर्गत जिल्ला अदालतमा दायर भएका मुद्दा आवश्यक प्रक्रिया पुर्याइ छिटोछरितो फैसला हुन थालेपछि अन्यायका विरूद्ध आफ्ना समस्या दर्साइ न्यायालय जानेको सङ्ख्या बढ्न थालेको हो । सम्बन्धविच्छेदका लागि दायर भएका मुद्दा उपर सुनुवाइका क्रममा सम्झाइ बुझाई पुनः मिलन गराउने र यदि मिल्नै नसक्ने अवस्था आएमा मात्र छोडपत्रको फैसलातर्फ सम्मानित अदालत अगाडि बढ्ने गरेको छ । आर