डडेल्धुरा : डडेल्धुरामा सम्बन्धविच्छेदका घटनामा बढ्दै गएका छन्। डडेल्धुरा जिल्ला अदालतमा २७ वटा सम्बन्धविच्छेदका मुद्दा परेका छन्। जिम्मेवारी सरेर आएकासहित चालु आर्थिक वर्षको हालसम्म जिल्ला अदालतमा मुद्दाको संख्या ९२ रहेको छ।यीमध्ये सबैभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका २७ वटा छन्। २७ मध्ये १० वटा फर्छ्योट भएका र १७ वटा बाँकी रहेको न्यायाधीश बालकृष्ण वाग्लले जानकारी दिए। उनले सम्बन्धविच्छेदका घटना वृद्धि हुनुमा सामाजिक सञ्जालको गलत प्रयोग, श्रीमानश्रीमतीबीचको असमझदारी, अनैतिक सम्बन