जनकपुरधाम । जनकपुरधाममा दसैँको रौनक सुरु भएको छ ।
दसैँको लागि यहाँको शक्तिपीठ मन्दिरहरू विभिन्न प्रकारले सजाइएको छ । फूल र पण्डालले ठाउँ–ठाउँमा स्वागतद्वारहरू बनाइएका छन् भने झिलिमिली बत्तीहरू लगाएर भव्य बनाइएको छ ।
राजा जनककी कुलदेवी राजदेवी माताको मन्दिरमा निकै आकर्षक सजावट गरिएको छ भने बौद्धिमाई, अमरखाना माई, सोनासति मन्दिरलगायत अन्य शक्तिपीठहरू पनि झकिझकाउ बनाइएका छन्...