तनहुँ : अफ्रिकन स्वाइन फिभर लागेर तनहुँमा एक महिना पनि नहुँदै ३० वटा बंगुर मरेका छन्। यही माघ १ गतेदेखि हालसम्म उक्त संख्यामा बंगुर मरेका छन्‚ जसमध्ये सबैभन्दा बढी व्यास नगरपालिकाका छन्।उक्त नगरपालिकामा १९, म्याग्देमा ८, भीमादमा २ र ऋषिङ गाउँपालिकामा एउटा बंगुर मरेका छन्। संक्रमणका कारण बंगुर मर्न थालेपछि यहाँका व्यावसायिक किसान चिन्तित भएका छन्।जिल्लाका १० पालिकामध्ये ४ पालिकमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका पशु प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दि