८ जेठ, काठमाडौं । नेपालमा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोग देखा परेको छ । काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङगुरमा उच्च मृत्युदर देखा परेपछि चैतको अन्तिम साता नमुना संकलन गरिएको थियो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र त्रिपुरेश्वरमा मलिकुर र सिरोलोजिकल विधिबाट परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग प्रारम्भिक नतिजा प्राप्त भएको थियो […]