फेसबुकको मातृ कम्पनी मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्ने भएको छ । गएको नोभेम्बरमा ११ हजार कर्मचारीलाई कामबाट निकालेको फेसबुकसहित इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्ने बताएको बीबीसीले जनाएको छ ।मेटाले अहिले रिक्त रहेका पाँच हजार दरबन्दी पनि तत्काल पूर्ति नगर्ने बताएको छ । मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कर्मचारीलाई पठाएको सूचनामा सन् २०२२ मा कम्पनीको आम्दानी घटेको र अहिले स्थिति झनै खराब भएकाले कर्मचारी कटौती गर्नुपरेको बताउनुभएको छ ।प्रमुख कार्यकारी जुकरबर्गले अमे...