काठमाडौं । अमेरिकी मिडिया कम्पनी डिज्नीले ७ हजार कर्मचारी कटौती गर्ने भएको छ । डिज्नीका सीईओ बब इगरले डिज्नी प्लसको स्ट्रिमिङ सेवालाई नाफामा लैजान र साढे ५ अर्ब अमेरिकी डलर बराबरको लागत जोगाउनका लागि कर्मचारी कटौती गर्न लागेको बताए । गत नोभेम्बरमा डिज्नीमा फर्केका बबले कम्पनीको वित्तीय विवरण सार्वजनिक गर्दै कर्मचारी कटौतीको घोषणा गरेका हुन् […]