सर्भरमा बारम्बार समस्या देखिँदा विद्युतीय राहदानी (ई–पासपोर्ट) लिनका लागि सेवाग्राहीले सास्ती खेप्नु परेको छ । राहदानी विभागको ई–पासपोर्ट प्रणालीको सर्भरमा पटक पटक समस्या देखिँदा सेवाग्राहीले सास्ती भोग्न बाध्य भएका हुन् । यस्तै समस्या सिन्धुपाल्चोक, काभ्रे, भक्तपुरलगायतका जिल्ला प्रशासनमा पनि देखिने गरेको छ । सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले ई–पासपोर्टसमबन्धी सर्भरमा समस्या देखिने गरेको बताए । उनले भने, ‘राहदानी विभागको प्रणाली चले नचलेको