काठमाडौं : राहदानी विभागले ई-पासपोर्ट विद्युतीय राहदानी वितरण सुरु गरेको छ। बुधबार शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो पासपोर्ट प्रदान गरी इ–पासपोर्ट वितरणको शुभारम्भ गरिएको हो।जोशीलाई परराष्ट्रमन्त्री डा.नारायण खड्काले ई–पासपोर्ट हस्तान्तरण गरेका थिए। विभागले बुधबारदेखि लागु गरेको ई-पासपोर्ट मङ्सिर १५ गतेदेखि देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए। ई–पासपोर्ट बनाउनका लागि सेवाग्राही