१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुमध्ये एक हुन् । सत्ता गठबन्धनका अधिकांश बैठकमा उपस्थित हुन्छन् । नागरिकता विधेयकबारे छलफल गर्न ८ असारमा प्रधानमन्त्री निवास, बालुवटारमा बसेको गठबन्धनको बैठकमा पनि श्रेष्ठ उपस्थित थिए । तर शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको नागरिकता विधेयकको उनी चर्को विरोध गरिरहेका छन् । […]