राप्रपा नेपालले मंसिर ४ गते हुने चुनावलाई लक्षित गर्दै विभिन्न निर्णय गरेको छ । बिहीबार अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको पार्टी सचिवालय बैठकले निर्वाचन पूर्वतयारीका सन्दर्भमा आवश्यक निर्णय गरेको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए । जसअनुसार काँकडभिट्टाबाट भदौ ३० गते मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सुरु भएर महाकालीको वनवासामा पुगी काठमाडौं आएर यात्राको समापन गर्ने निर्णय भएको छ । यस्तै बैठकले विभिन्न समान विचारधारा भएका राजनीतिक दल, समूह तथा व्यक्तिहरुसँग वार्त