काठमाण्डाै - त्रिदेशीय टी–२० क्रिकेटको दोस्रो खेलमा पनि पाकिस्तान विजयी भएको छ । हिजो बङ्लादेशलाई हराएको पाकिस्तानले आज न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ।
क्राइसचर्चमा न्युजिल्यान्डले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले ८ बल बाँकी छँदै चार विकेट गुमाएर भेट्टायो। पाकिस्तानका लागि कप्तान बाबर आजमले नटआउट ७९ तथा शदाव खानले ३४ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका ब्लाएर टिकनरले दुई विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले डेवन कनवेको ३६ र मार्क चापम्यानको ३२ रन मद्दतमा एक सय ४७...