काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे बाँकी खेलमा दर्शकलाई प्रवेश गर्न निषेध गरिएकाे छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एक विज्ञप्ति निकालेर मन्त्रिपरिषद्काे बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा धेरै जम्मा हुन नपाउने निर्णय गरेकाले त्रिदेशीय टी–२० क्रिकेटकाे बाँकी खेलमा दर्शकलाई प्रवेश नदिइने जनाएकाे हाे ।
याे निर्णयसँगै नेपाली क्रिकेट समर्थकलाई परेकाे असुविधालाई लिएर क्यानले क्षमा मागेकाे छ ।