त्रिदेशीय टी–२० शृङ्खला : नेपाल र मलेसिया खेल्दै

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा बिहीवार (आज) समूह चरणको अन्तिम खेल हुँदैछ । समूह चरणकाे अन्तिम खेलमा दिउँसो सवा १ बजे त्रिवि क्रिकेट मैदानमा नेपालले मलेसियासँग खेल्दै छ । नेपाल प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । मलेसिया भने प्रतियोगिताबाट बाहिरिसकेको छ । यसअघिको खेलमा मलेसियालाई नौ विकेटले हराएको नेपाल याे खेलमा पनि मलेसियालाई हराउने दाउमा छ भने मलेसिया याे खेलमा जित निकाल्दै सुखद अन्त्यको खोजीमा हुनेछ । बुधवार (हिजो) मलेसिया र नेदरल्याण्ड्सबीचको खेल ...