काठमाण्डाै – नेपाललाई विश्वसामु परिचित गराउन सामुदायिक वनको अवधारणा महत्वपूर्ण भए पनि देशका सामुदायिक वनको हैसियत फरकफरक छन् । सरकारले वनको संरक्षण, प्रवर्द्धन र उपयोग गर्ने गरी आसपासका उपभोक्तालाई वन हस्तान्तरण गर्दै आएको भए पनि सामुदायिक वनबाट प्राप्त हुने आर्थिक हैसियतमा एकरुपता देखिएको छैन ।
सँगै जोडिएको एउटा सामुदायिक वनले मनग्य आम्दानी गर्ने हैसियत राख्छन् भने अर्को सामुदायिक वनका उपभोक्ताले संरक्षण गरेको वनबाट फाइदा लिने भन्दा निरन्तर योगदान दिने गरेका छन् । वनलाई प्रक्रिया पूरा गरेर सरकारले हस्तान्तरण...