काठमाडौं : सामुदायिक वन दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। ‘उत्पादन, रोजगार र समृद्धिका लागि सामुदायिक वन व्यवस्थापन’ भन्ने नाराका साथ देशैभर वृक्षरोपणसहितका विभिन्न कार्यक्रम गरी मनाउन दिवस लागिएको हो।सामुदायिक वन उपभोक्ता महासंघले विहान काभ्रेको धुलिखेलमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको महासंघका अध्यक्ष ठाकुर भण्डारीले जानकारी दिए। उनका अनुसार बिहान १० बजे राष्ट्रिय प्रकृति संरक्षण कोषमा वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोको उपस्थितिमा मूल समारोह आ