देशभर ३० हजार सहकारी संस्था सञ्चालनमा, कुन प्रदेशमा कति

देशभर ३० हजार सहकारी संस्था सञ्चालनमा रहेको पाइएको छ । सहकारी विभागले चार महिना लगाएर गरेको अध्ययनअनुसार देशभर २९ हजार ८८६ सहकारी संस्था सञ्चालनमा रहेको पाइएको हो ।  विभागले स्थानीय सरकारसँगको सहकार्यमा गत साउनदेखि कात्तिकसम्म सहकारीको तथ्याङ्क सङ्कलन गरेको थियो । हाल सञ्चालित सहकारीमध्ये सङ्घीय सरकारअन्तर्गत १२५, प्रदेश सरकारअन्तर्गत ६ हजार दुई र स्थानीय सरकारअन्तर्गत सबैभन्दा धेरै २३ हजार ७५९ सहकारी संस्था रहेका विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले जानकारी दिनुभयो ।  उहाँका अनुसार विभागले सङ्कलन गरेको तथ्याङ्कमध्ये हाल देशभर २९ हजार ८८६ प्रारम्भिक सहकारी संस्था, २० विषयगत केन्द्रीय सङ्घ, एक राष्ट्रिय सहकारी बैंक, एक राष्ट्रिय सहकारी महासङ्घ, ७० जिल्ला सहकारी सङ्घ र २४१ विषयगत जिल्ला सहकारी सङ्घ क्रियाशील छन् । उक्त सहकारी संस्थाले करीब ८८ हजार ३०९ जनालाई प्रत्यक्ष रोजगारी दिएको, ७३ लाख सात हजार ४६२ जना आबद्ध भएको र रु ९४ अर्ब १० करोड ५० लाख शेयर पूँजी रहेको पाइएको छ । सङ्घीयता कार्यान्वयनमा आएसँगै तीन तहमा अधिकार बाँडफाँड हुँदा सहकारी क्षेत्र नियमन गर्ने, सहजीकरण गर्ने तथा अन्य आवश्यक प्रबन्ध गर्ने अधिकारहरु तीनै तहका सरकारलाई हस्तान्तरण गरिएको छ । उहाँका अनुसार तीनै तहमा हस्तान्तरण गरेपछि पहिलोपटक विभागले देशभर सञ्चालनमा रहेका सहकारी संस्थाको तथ्याङ्क सङ्कलन गरिएको हो ।

सम्बन्धित सामग्री

दूध विक्री घटेपछि रौतहटका किसान मारमा

रौतहट : जिल्लामा दूध विक्री घटेका कारण रौतहटका किसान मारमा परेका छन्। उत्पादनको तुलनामा दूध विक्री नहुँदा किसान समस्यामा परेका हुन्।रौतहट जिल्लामा मात्र दैनिक ३० हजार लिटर दूध उत्पादन हुने गरेको छ। रौतहट जिल्लाबाट डिडिसीले ६ हजार लिटर दूध किन्ने गरेका छन् भने निजी डेरीले १२ हजार लिटर दूध किन्ने गरेको दुग्ध उत्पादक सहकारी संस्था रौतहटका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए।उत्पादन भएको अन्य दूध स्थानीय बजारमा खपत हुँदै आएको उनले  बताए। उनका अनुसार विगत पाँच महिनादेखि डिडिसीले किसानला

जनप्रतिनिधि र कर्मचारीले नै तिरेनन् सहकारीको ऋण

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको ऋण जनप्रतिनिधि, पूर्वसञ्चालक, पूर्वकर्मचारीले समयमै नतिर्दा बचतकर्ता समस्यामा परेका छन् । नगरपालिकाको वडा नं ६ का वडाध्यक्ष नवराज लामा सहकारीको सचिव भएका बेला विसं २०६९ असोज १६ मा श्रीमती राधा राईका नाममा रु १६ लाख ३० हजार दुई सय ८६ ऋण […]

जनप्रतिनिधि र कर्मचारीले नै तिरेनन् सहकारीको ऋण

गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको ऋण जनप्रतिनिधि, पूर्वसञ्चालक, पूर्वकर्मचारीले समयमै नतिर्दा बचतकर्ता समस्यामा परेका छन् । नगरपालिकाको वडा नं ६ का वडाअध्यक्ष नवराज लामा सहकारीको सचिव भएका बेला विसं २०६९ असोज १६ मा श्रीमती राधा राईका नाममा रु १६ लाख ३० हजार दुई सय ८६ ऋण लिएका थिए । लामाले लिएको ऋणको अवधि विसं २०७० असोज १५ मा सकिए पनि अझैसम्म ऋण तिरेका छैनन् । लामा विसं २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट वडा सदस्य

जनप्रतिनिधि र कर्मचारीले नै तिरेनन् सहकारीको ऋण

१७ मङ्सिर, काठमाडौं । गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको ऋण जनप्रतिनिधि, पूर्वसञ्चालक, पूर्वकर्मचारीले समयमै नतिर्दा बचतकर्ता समस्यामा परेका छन् । नगरपालिकाको वडा नं ६ का वडाध्यक्ष नवराज लामा सहकारीको सचिव भएका बेला विसं २०६९ असोज १६ मा श्रीमती राधा राईका नाममा रु १६ लाख ३० हजार दुई सय […]

पाँचवटा सहकारी संस्थाको मर्जर घोषणा

बैंक तथा वित्तीय संस्था मात्र होइन पछिल्लो समय बिमा कम्पनी समेत एकपछि अर्को गर्दै मर्जरमा गइरहेका छन् । यस्तैमा पछिल्लो समय ३० हजार हाराहारीमा रहेको सहकारी संघ, संस्थाहरू समेत एक आपसमा मर्जरमा जान थालेका छन् ।पाँचवटा सहकारी संस्थाहरूले एउटै संस्था बन्ने गरी एकीकरणको घोषणा गरेका छन् । काठमाडौंमा सञ्चालित आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था, नेशनल […]

पाँचवटा सहकारी संस्थाबीच मर्जर घोषणा, सेयर पुँजी ३० करोड ८१ लाख पुग्ने

बैंक तथा वित्तीय संस्था मात्र होइन पछिल्लो समय बीमा कम्पनी समेत एकपछि अर्को गर्दै मर्जरमा गइरहेका छन् । यस्तैमा पछिल्लो समय ३० हजार हाराहारीमा रहेको सहकारी संघ, संस्थाहरू समेत एक आपसमा मर्जरमा जान थालेका छन् । यस्तैमा शनिबार मात्र पाँचवटा सहकारी संस्थाहरूले एउटै संस्था बन्ने गरी एकीकरणको घोषणा गरेका छन् । काठमाडौँमा सञ्चालित आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ

सहकारी नियमनमा कडाइ गर

सहकारी विभागका अनुसार देशभर करिब ३० हजार सहकारी संस्था दर्ता छन् भने हालसम्म १२ वटा सहकारीले बचतकर्ताको रकम तिर्न नसकेर फरार भएका छन् । विभागले ती सहकारीलाई समस्याग्रस्त घोषणा गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । यस्तै, गत आर्थिक वर्षमा पनि ३ सय सहकारीविरुद्ध विभागमा विभिन्न उजुरी परेको थियो । अझै पनि सहकारीपीडितहरूले न्याय पाएका […]

७५ प्रतिशत सहकारी सरकारको विवरण बाहिर

काठमाडौं । नेपालमा करिब ३० हजार सहकारी संस्था रहेपनि ७५ प्रतिशत सहकारीको विवरण सरकारलाई प्राप्त भएको छैन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजना तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सह–आयोजनामा काठमाडौंमा भएको चौथो साकोस शिखर गोष्ठीको उद्घाटनका क्रममा सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले तथ्यांक अद्यावधिक गर्न सरकारीहरुलाई आग्रह गर्नुभएको […]

सहकारीबाट ठगिँदै जुम्लाका बासिन्दा

जुम्ला : सहकारीका सञ्चालकहरू बचतकर्ताले स‌ंकलन गरेको रकम उठाएर सम्पर्कविहीन भएपछि जुम्लाका बासिन्दा ठगिएका छन्।नागरिक बचतकर्ता सहकारीका सञ्चालक र कर्मचारीबाटै ठगिँदै आएका छन्। चन्दननाथ नगरपालिका– १० गैरागाउँका प्रेमराज न्यौपाने सहकारीका बचतकर्ता हुन्। उनले स्वजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बचत गरेका थिए।उनी त्यो सहकारीमा आबद्ध दैनिक बचतकर्ता हुन्। उनले त्यो सहकारीमा ३० हजार ५ सय रुपैयाँ जम्मा गरेका छन्।जुम्लाको बसपार्कमा अवस्थित स्वजन बहुउद्देश्यीय सहकारी संस्था लि

सहकार्यविनाका सहकारी

नेपालमा झन्डै ३० हजार सहकारी संस्था दर्ता भई आर्थिक कारोबार गरिरहेका छन् । यी संस्थाहरूमा ७३ लाखभन्दा बढी सदस्यहरू आबद्ध भई रू ९४ अर्बभन्दा बढी शेयर पूँजी लगानी गरेका छन् भने यस्ता सहकारीले रू. ४ खर्बभन्दा बढी बचत संकलन र त्यति नै बराबरको रकम कर्जा प्रवाह गरिरहेको पाइन्छ । सहकारी क्षेत्र यति ठूलो र विस्तार भए पनि सयौं सहकारीले हजारौं सदस्यहरूको बचत अपचलन गरी सदस्यहरूलाई बिचल्लीमा पारेको अवस्था छ । पछिल्लो समय सिभिल सेभिङ एन्ड क्रेडिट कोपरेटिभका पूर्वअध्यक्षसहित १२ जना पक्राउ पर्नु यसको उदाहरण हो । सहकारीको मालिक पनि सदस्य र ग्राहक पनि सदस्य नै हुन् । यसमा हुने गलत क्रियाकलाप र असफलताका लागि जिम्मेवार व्यक्ति भनेका शतप्रतिशत सहकारीका सदस्य नै हुन् । सिद्धान्ततः सहकारी संस्था भनेको व्यक्तिहरूको स्वशासित संस्था हो, जसको गठन स्वेच्छाले आपसी रूपमा आर्थिक, सामाजिक, सांस्कृतिक आवश्यकता तथा इच्छापूर्तिका लागि संयुक्त रूपमा प्रजातान्त्रिक विधिद्वारा हुन्छ । त्यसैले सहकारी भनेको व्यक्तिको हुँदैन । यसका बचतकर्ता र ऋणी पनि यसकै सदस्य हुन्छन् । यसको सञ्चालन, नियन्त्रण सबै सदस्यहरूबाट नै हुन्छ । तर, सदस्यहरूको बचत रकम आफूखुशी खर्च गर्ने र सहकारीमा हिसाबमा नदेखाउने तथा केही व्यक्तिले आफूखुशी गर्ने गरेको पाइन्छ । यही कारण सहकारीहरूमा समस्या देखिने गरेको हो । सिभिल मात्र होइन, ठूला र साना सयौं सहकारीहरूमा यस्तै घोटाला भइरहेको पाइन्छ जसमध्ये धेरैको चर्चा भएको पनि पाइँदैन । सहकारीमा हिसाबकिताब गडबड गर्नेहरूमध्ये केही जेलमा परेका छन् भने केही लुकिछिपी बसेको पनि पाइन्छ । यसरी सहकारीमा गडबड हुनुका कारण सहकारीलाई सरकार र सहकारी अभियन्ताले राम्ररी नबुझाउनु वा सहकारीको मर्मअनुसार काम नगर्नु नै हो । सहकारीमा विकृति भित्रियो भनेर सरकारी नियमनका आधारमा नियन्त्रण गर्ने सोच झन् गलत छ । सरकारले नियमन गरिदिन्छ भनेर सहकारीका सदस्यहरू निष्क्रिय बन्दा सहकारीहरूमा समस्या झनै बढेको हो भन्ने सकिन्छ । सरकारी नियमन बैंकिङलाई हुन्छ । तर, सहकारी संस्था भनेको यसका सदस्यहरूले नै नियमन गर्ने हो । सहकारीको मालिक पनि सदस्य र ग्राहक पनि सदस्य नै हुन् । यसमा हुने गलत क्रियाकलाप र असफलताका लागि जिम्मेवार व्यक्ति भनेका शतप्रतिशत सहकारीका सदस्य नै हुन् । सहकारी संस्थामा समस्या आउनुको मूल कारण सहकारीको अवधारणाअनुसार नचलेर हो । त्यसैले सहकारीमा सदस्य हुने मानिसहरूलाई सहकारिताको अवधारणाबारे जानकारी र प्रशिक्षण दिनुपर्छ । सहकारीमा बैंकमा पैसा राखेजस्तो गर्दा समस्या भएको हो । तर, सहकारीमा पैसा राख्नु भनेको बैंकमा राख्नुजस्तो होइन । ठीकसँग उपयोग भइरहेको छ कि छैन भनेर बुझ्ने अधिकार सदस्यसँग हुन्छ । यही काम सदस्यहरूले नगर्दा सहकारीहरू बन्द हुने, यसको रकम व्यक्तिले चलाउने र बचतकर्ताको रकम हिनामिना हुने गरेको हो । अर्को, बैंकले भन्दा बढी ब्याज दियो, मुनाफा दिएको छ भनेर केही हर्ताकर्तालाई सदस्यहरूले सहकारीको पूर्ण जिम्मा दिँदा पनि समस्या भएको हो । त्यस्तै सहकारी समूहगत भए पनि मेरो सहकारी भन्दै केही व्यक्तिले भन्दै हिँड्नु र सहकारीलाई यसरी व्यक्तिले आफूखुशी चलाउनु पनि समस्याको मूल कारण हो । सरकारले नियमन गर्छु भनेको छ र बेलाबेलामा गर्न खोजेको जस्तो पनि देखिन्छ । तर नियमन हुन सक्दैन । धेरै देशमा सहकारी सफल छैन । भारतको सहारा सहकारीमा यस्तै भएको हो । तर, इजरायलमा भने ठीक तरीकाले चलिरहेको छ । इच्छाराज तामाङ समातिएर सहकारी क्षेत्रमा कुनै ठूलो नीतिगत परिवर्तन होला, सहकारी क्षेत्र सुधार होला भनेर आशा गर्नु बेकार छ । सिभिलमा गडबडी भएको कुरा आजदेखि चर्चामा आएको होइन । तर, अहिले मात्रै सीबीआईले कारबाही किन गर्‍यो पहिले किन गरेर भन्ने कुराको जवाफ निकाल्न सकियो भने सहकारीभित्रको अनियमितता र सहकारी असफल हुने कारणबारे थाहा हुन्छ । त्यही कुरालाई सम्बोधन गर्न सकियो भने सहकारीमा यस्तो विकृति रोकिन सक्छ, अन्यथा सहकारीहरूमा बदमासी भइरहनेछ ।