सहकार्यविनाका सहकारी

नेपालमा झन्डै ३० हजार सहकारी संस्था दर्ता भई आर्थिक कारोबार गरिरहेका छन् । यी संस्थाहरूमा ७३ लाखभन्दा बढी सदस्यहरू आबद्ध भई रू ९४ अर्बभन्दा बढी शेयर पूँजी लगानी गरेका छन् भने यस्ता सहकारीले रू. ४ खर्बभन्दा बढी बचत संकलन र त्यति नै बराबरको रकम कर्जा प्रवाह गरिरहेको पाइन्छ । सहकारी क्षेत्र यति ठूलो र विस्तार भए पनि सयौं सहकारीले हजारौं सदस्यहरूको बचत अपचलन गरी सदस्यहरूलाई बिचल्लीमा पारेको अवस्था छ । पछिल्लो समय सिभिल सेभिङ एन्ड क्रेडिट कोपरेटिभका पूर्वअध्यक्षसहित १२ जना पक्राउ पर्नु यसको उदाहरण हो । सहकारीको मालिक पनि सदस्य र ग्राहक पनि सदस्य नै हुन् । यसमा हुने गलत क्रियाकलाप र असफलताका लागि जिम्मेवार व्यक्ति भनेका शतप्रतिशत सहकारीका सदस्य नै हुन् । सिद्धान्ततः सहकारी संस्था भनेको व्यक्तिहरूको स्वशासित संस्था हो, जसको गठन स्वेच्छाले आपसी रूपमा आर्थिक, सामाजिक, सांस्कृतिक आवश्यकता तथा इच्छापूर्तिका लागि संयुक्त रूपमा प्रजातान्त्रिक विधिद्वारा हुन्छ । त्यसैले सहकारी भनेको व्यक्तिको हुँदैन । यसका बचतकर्ता र ऋणी पनि यसकै सदस्य हुन्छन् । यसको सञ्चालन, नियन्त्रण सबै सदस्यहरूबाट नै हुन्छ । तर, सदस्यहरूको बचत रकम आफूखुशी खर्च गर्ने र सहकारीमा हिसाबमा नदेखाउने तथा केही व्यक्तिले आफूखुशी गर्ने गरेको पाइन्छ । यही कारण सहकारीहरूमा समस्या देखिने गरेको हो । सिभिल मात्र होइन, ठूला र साना सयौं सहकारीहरूमा यस्तै घोटाला भइरहेको पाइन्छ जसमध्ये धेरैको चर्चा भएको पनि पाइँदैन । सहकारीमा हिसाबकिताब गडबड गर्नेहरूमध्ये केही जेलमा परेका छन् भने केही लुकिछिपी बसेको पनि पाइन्छ । यसरी सहकारीमा गडबड हुनुका कारण सहकारीलाई सरकार र सहकारी अभियन्ताले राम्ररी नबुझाउनु वा सहकारीको मर्मअनुसार काम नगर्नु नै हो । सहकारीमा विकृति भित्रियो भनेर सरकारी नियमनका आधारमा नियन्त्रण गर्ने सोच झन् गलत छ । सरकारले नियमन गरिदिन्छ भनेर सहकारीका सदस्यहरू निष्क्रिय बन्दा सहकारीहरूमा समस्या झनै बढेको हो भन्ने सकिन्छ । सरकारी नियमन बैंकिङलाई हुन्छ । तर, सहकारी संस्था भनेको यसका सदस्यहरूले नै नियमन गर्ने हो । सहकारीको मालिक पनि सदस्य र ग्राहक पनि सदस्य नै हुन् । यसमा हुने गलत क्रियाकलाप र असफलताका लागि जिम्मेवार व्यक्ति भनेका शतप्रतिशत सहकारीका सदस्य नै हुन् । सहकारी संस्थामा समस्या आउनुको मूल कारण सहकारीको अवधारणाअनुसार नचलेर हो । त्यसैले सहकारीमा सदस्य हुने मानिसहरूलाई सहकारिताको अवधारणाबारे जानकारी र प्रशिक्षण दिनुपर्छ । सहकारीमा बैंकमा पैसा राखेजस्तो गर्दा समस्या भएको हो । तर, सहकारीमा पैसा राख्नु भनेको बैंकमा राख्नुजस्तो होइन । ठीकसँग उपयोग भइरहेको छ कि छैन भनेर बुझ्ने अधिकार सदस्यसँग हुन्छ । यही काम सदस्यहरूले नगर्दा सहकारीहरू बन्द हुने, यसको रकम व्यक्तिले चलाउने र बचतकर्ताको रकम हिनामिना हुने गरेको हो । अर्को, बैंकले भन्दा बढी ब्याज दियो, मुनाफा दिएको छ भनेर केही हर्ताकर्तालाई सदस्यहरूले सहकारीको पूर्ण जिम्मा दिँदा पनि समस्या भएको हो । त्यस्तै सहकारी समूहगत भए पनि मेरो सहकारी भन्दै केही व्यक्तिले भन्दै हिँड्नु र सहकारीलाई यसरी व्यक्तिले आफूखुशी चलाउनु पनि समस्याको मूल कारण हो । सरकारले नियमन गर्छु भनेको छ र बेलाबेलामा गर्न खोजेको जस्तो पनि देखिन्छ । तर नियमन हुन सक्दैन । धेरै देशमा सहकारी सफल छैन । भारतको सहारा सहकारीमा यस्तै भएको हो । तर, इजरायलमा भने ठीक तरीकाले चलिरहेको छ । इच्छाराज तामाङ समातिएर सहकारी क्षेत्रमा कुनै ठूलो नीतिगत परिवर्तन होला, सहकारी क्षेत्र सुधार होला भनेर आशा गर्नु बेकार छ । सिभिलमा गडबडी भएको कुरा आजदेखि चर्चामा आएको होइन । तर, अहिले मात्रै सीबीआईले कारबाही किन गर्‍यो पहिले किन गरेर भन्ने कुराको जवाफ निकाल्न सकियो भने सहकारीभित्रको अनियमितता र सहकारी असफल हुने कारणबारे थाहा हुन्छ । त्यही कुरालाई सम्बोधन गर्न सकियो भने सहकारीमा यस्तो विकृति रोकिन सक्छ, अन्यथा सहकारीहरूमा बदमासी भइरहनेछ ।

सम्बन्धित सामग्री

गौतमश्री सहकारी समस्याग्रस्त घोषणा

१३ चैत, काठमाडौं । गौतमश्री बहुउद्देशीय सहकारी संस्था समस्याग्रस्त घोषण भएको छ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले १३ चैत मंगलबार सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । गौतमश्री सहकारी संस्थाले सहकारी एने, नियम, मूल्य र मान्यता विपरीत कार्य गरी बचकर्ता सदस्यको बचत फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन अनुसार […]

सहकारी विभागमा सहकारी पीडितको धर्ना

६ फागुन, काठमाडौं । सहकारी पीडित बचकर्ताले सहकारी विभाग अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । यसअघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको उपस्थितिमा भएको ७ बुँदे सहमति कार्यान्वयन नभएपछि सहकारी विभाग परिसरमा अनिश्चितकालीन धर्ना सुरू गरिएको पीडितहरुले बताएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा धर्ना सुरु भएको पीडितहरुले बताएका […]

सहकारी संस्थाको नियमन गर्दै उपमहानगरपालिका

राँझा (बाँके), ४ फागुन । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्थालाई विधिसम्मत सञ्चालन भए नभएको अनुगमन गर्दै आएको उपमहानगरपालिका सहकारी शाखाले धेरै कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको सहकारी शाखा प्रमुख प्रवीण रानाले बताए । “अनुगमनका क्रममा नेपालगञ्जको कृष्णसार कृषि सहकारी संस्थामा कैफियतै कैफियत भेटिएको छ”, शाखा प्रमुख […]

सहकारी पीडित धर्नामा

सङ्घीय सरकारको सहकारी विभाग र बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाले दिएको निर्देशनअनुसार बचत फिर्ता नगर्ने सहकारीका पीडितले धर्ना र विरोध प्रदर्शनलाई जारी राखेका छन्।...

दुई सहकारी समस्याग्रस्त घोषित

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको जनाएको हो । “सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यी दुई सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, […]

दाङका सहकारी पनि समस्यामा

काठमाडौँ- बजारमा केही सहकारी बन्द भएपछि दाङमा चलिरहेका सहकारी पनि समस्यामा पर्न थालेका छन् । केही सहकारी बन्द हुन थालेपछि चलिरहेका अन्य सहकारीमा पनि बचत फिर्ता माग्न आउनेको घुइँचो लाग्न थालेको छ । पछिल्लो समय केही सहकारी बन्द हुने अवस्थामा पुगेपछि आफ्नो सहकारीप्रति पनि शेयर सदस्यले आशङ्का गर्न थालेका तुलसीपुर–६ स्थित राप्ती विश्वासी बचत तथा […]

राजधानीका पाँच सहकारी गाभिँदै

काठमाडौँ,१२ भदौ । काठमाडौँका विभिन्न स्थानमा रहेर सञ्चालित पाँचवटा सहकारी एकआपसमा गाभिने भएका छन् । राजधानीका आइडल यमुना बहुद्देश्यीय सहकारी, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहुद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी र घेदुङ बहुदेश्यीय सहकारी संस्था लिमिटेड एक आपसमा गाभिने सम्झौता भएको हो । गाभिएपछि संस्थाको कारोबार झण्डै रु नौ अर्ब […]

उत्कृष्ट सहकारी पुरस्कृत

राष्ट्रिय सहकारी बैङ्क लिमिटेड दमौली शाखाले तनहुँका दुई सहकारी संस्थालाई व्यवसाय पुरस्कार प्रदान गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा बैङ्कमा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने एक÷एक  सहकारी संस्थालाई सोमबार दमौलीमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो ।उत्कृष्ट कारोबार विधामा शुक्लागण्डकी नगरपालिकास्थित बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नियमित विधामा दमौलीस्थित समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको हो ।

धादिङमा सहकारी सम्मेलन हुने

गजुरी-धादिङ जिल्लामा सहकारी इतिहासमा पहिलो पटक सहकारी सम्मेलन गर्ने भएको छ ।धादिङ बचत तथा ऋण सहकारी संघको आयोजनामा जिल्ला भित्रका सहकारी पदाधिकारी र कर्मचारीलाई सम्लित गराई सहकारी संस्थाहरुलाई कसरी व्यावसायी, प्रविधि मैत्री तथा व्यवस्थापकीय खर्च कसरी कम गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने छ । एक दिवसीय सम्मेलनले धादिङ घोषण पत्र जारी गर्ने धादिङ बचत […]

एकीकृत निर्देशनको तयारीमा सहकारी विभाग

सहकारी विभागले सहकारी संघसंस्थालाई लाभांश वितरण तथा सेवा केन्द्र खोल्नका लागि कडाइ गर्ने भएको छ । सहकारी संघसंस्थाका लागि एकीकृत निर्देशनमार्फत संघीय सहकारी विभागले लाभांश वितरण, सेवाकेन्द्र स्थापना, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था र सहकारी ऐन तथा नियमावली कार्यान्वयनमा कडाइ गर्न लागेको हो । सहकारी ऐन २०७४ जारी भएपछि विभागले पहिलोपटक एकीकृत निर्देशन जारी गर्न लागेको हो । ऐनमा रजिस्ट्रारले सहकारी संस्थाहरूका लागि निर्देशन जारी गर्न पाउने व्यवस्था गरेको छ । ‘सहकारी ऐनले दिएको अधिकार प्रयोग गरेर हामी...