बालुवाटारमा महाधिवेशन आयोजक कमिटीको बैठक सुरु, नेपाल समूह अनुपस्थित

काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक सुरु भएको केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिए। उनका अनुसार बैठकले २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटीलाई भंग गरेर केन्द्रीय कमिटीमा रुपान्तरण गर्न बारेमा बैठकले निर्णय गर्नेछ। बैठकमा…

सम्बन्धित सामग्री

घनश्यामको मोबाइलबाट ओलीलाई फोन– माधव नेपालको चारबुँदे अडान

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजनको खतरामुक्त हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ महाधिवेशन आयोजक कमिटी भङ्ग गरेर केन्द्रीय कमिटी बैठक बोलाए पनि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह बैठकमा उपस्थित भएन । विभाजनको सम्भावनालाई कायमै राख्यो । त्यसो त, ओली पक्षले आयोजक कमिटीबाट...

देउवाकाे पक्षमा गरेकाे हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन एमालेकाे निर्देशन

काठमाण्डाै – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रूपान्तरण भएपछिको पहिलो बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन २३ सदस्यलाई निर्देशन दिएको छ । तर बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने उपस्थित भएको छैन । वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारतमा हुनुहुन्छ । उपाध्यक्ष वामदेव गौतम भने बैठकमा उपस्थित हुनुभएको एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर ताम...

एमाले एकता पक्षमा नेपाल समूह लचिलो

काठमाडौं, असार १८ । सत्तारुढ एमालेभित्रको विवाद मिलाउने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले लचिलो हुने संकेत दिएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन र पार्टी संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेपछि बसेको नेपाल समूहको बैठकले विवाद निरूपणका लागि वार्ता र छलफललाई निरन्तरता दिने निर्णय गरेको […]

आज एमाले केन्द्रीय कमिटीको बैठक, नेपाल पक्ष सहभागी नहुने

काठमाडौं।नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ।बुधबार बसेको बैठकले महाधिवेशन आयोजक कमिटी भंग गरी केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो।बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने सहभागी नहुने भएको छ। नेपाल समूहको बैठकले शुक्रबार बोलाइएको बैठक अवैध भएको निष्कर्ष निकाल्दै सहभागी नहुने निर्णय गरेको थियो। पूर्वमाओवादीका नेताहरूलाई समेटेर केन्द्रीय कमिटी बनाएपछि नेपाल पक्ष बैठकमा सहभागी नहुने अडानमा छ।

एमाले एकता पक्षमा नेपाल समूह लचिलो

सत्तारुढ एमालेभित्रको विवाद मिलाउने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले लचिलो हुने संकेत दिएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन र पार्टी संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेपछि बसेको नेपाल समूहको बैठकले विवाद निरूपणका लागि वार्ता र छलफललाई निरन्तरता दिने निर्णय गरेको छ।  नेपाल पक्षीय स्थायी कमिटीको बिहीबार बुद्धनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। यसबाट नेपाल समूह विवाद मिलाउने मामिलामा लचिलो देखिएको संकेत मिलेको

खनाल–नेपाल समूह भोलिको केन्द्रीय कमिटी बैठकमा नजाने

काठमाडौं ।  नेकपा (एमाले)ले बोलाएको शुक्रबारका लागि केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्ष नजाने भएको छ । बिहीबार बुद्धनगरस्थित एक ब्याङ्वेटमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा नजाने निर्णय गरेको एक नेताले जानकारी दिए । ओली पक्षले महाधिवेशन आयोजक कमिटी भंग गरेर एमालेले २०७५ जेठ २ अघिकै पदाधिकारीको हैसियतमा नेपाल...

ओलीको चालले नेपाल समूह अघोषित रूपमा विभाजित

काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद निरूपण गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले महाधिवेशन आयोजक कमिटी भङ्ग गरेपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूह अघोषित रूपमा विभाजित भएको छ । पार्टीका सबै साङ्गठनिक संरचनालाई २ जेठ ०७५ अघिको संरचनामा फर्काएर एकताबद्ध रूपमा अगाडि बढाउने ओलीको घोषणापछि नेपाल समूहका दोस्रो पुस्ताका नेताहरू अहिले पनि विवाद मिलाउने विषयमा छलफल जुटेका छन् भने केही नेताहरू कुनै पनि हालतमा ओलीसँग मिल्नु हुँदैन भन्दै नेपाललाई घेराबन्दीमा राख्न खोजेका छन् ।

केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेबारे एमालेको खनाल–नेपाल समूह अलमलमा

काठमाण्डौ – नेकपा एमालेको खनाल–नेपाल समूहका नेताहरु भोलिका लागि डाकिएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने या नहुने भन्नेबारेमा अलमलमा परेका छन् ।  दशौं महाधिवेशन आयोजक कमिटी अवैध रहेकोले त्यो कमिटीको निर्णय अनुसार बैठक बोलाइएकोले बैठकमा सहभागी हुने या नहुने भन्नेबारे अहिले नै भन्न नसकिने खनाल–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । यस्तै दशौं महाधिवेशन आयोजक कमिटीले गरेका निर्णयको कुनै तुक नरहेकोले यसबारे अहिले नै भन्न नसकिने नेता गोकर्ण विष्टले बताउनुभयो । हिजो बसेको...

एमाले विवादः १०औं महाधिवेशन आयोजक कमिटी विघटन हुने

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १० औं महाधिवेशन आयोजक कमिटी विघटन हुने भएको छ । गत २३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वका आधारमा अगाडि बढ्नुपर्ने माग एमालेभित्र चर्को रूपमा उठिरहेको छ ।वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहितको समूह २ जेठको पार्टी कमिटीअनुसार अगाडि बढ्नुपर्ने अडानबाट पछि नहटेपछि ओली महाधिवेशन आयोजक कमिटी विघटन गर्न सहमत भएका हुन् ।पार्टीभित्र तीव्र विवाद बढ्दै गएपछि खनाल नेपाल समूह अर्को पार