काठमाण्डौ – नेकपा एमालेको खनाल–नेपाल समूहका नेताहरु भोलिका लागि डाकिएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने या नहुने भन्नेबारेमा अलमलमा परेका छन् ।
दशौं महाधिवेशन आयोजक कमिटी अवैध रहेकोले त्यो कमिटीको निर्णय अनुसार बैठक बोलाइएकोले बैठकमा सहभागी हुने या नहुने भन्नेबारे अहिले नै भन्न नसकिने खनाल–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । यस्तै दशौं महाधिवेशन आयोजक कमिटीले गरेका निर्णयको कुनै तुक नरहेकोले यसबारे अहिले नै भन्न नसकिने नेता गोकर्ण विष्टले बताउनुभयो । हिजो बसेको...