गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

जेठ ३१, कास्की । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०७७÷७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमवार प्रदेशसभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।  आगामी आवको बजेट असार १ गते ल्याउनैपर्ने बाध्यकारी व्यवस्था भएकाले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली नेतृत्वको सरकारले नीति तथा कार्यक्रम सोमवार नै प्रस्तुत गरेको हो । बजेटको प्राथमिकता र सिद्धान्त भने यसअघि नै निवर्तमान अर्थमन्त्री किरण गुरुङले संसद्मा प्रस्तुत गरिसकेका थिए । ्नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पौडेलले कोभिड नियन्त्रण, प्रदेशका विभिन्न जिल्ला अस्पतालको विशिष्टीकरण, कोभिडबाट मृत्यु भएका स्वास्थ्यकर्मी र सर्वसाधारणका परिवारलाई राहत, पर्यटन प्रवद्र्धन, पूर्वाधार निर्माण, विश्वविद्यालय निर्माण लगायत कार्यक्रम प्रदेश सरकारको प्राथमिकतामा रहेको जानकारी दिइन् । कृषिको उत्पादकत्व बढाउन चाक्लाबन्दी, बिउबिजनको व्यवस्था, माटोको परीक्षण लगायत कार्यक्रम लागू गर्ने घोषणा गरिएको छ । बाँझो जग्गामा खेती गर्न प्रोसाहन, सिँचाइको व्यवस्था, कृषि बीमा कार्यक्रम, बजारीकरण, हावापानी अनुकूलको खतीपातीलाई प्रोसाहन, कृषि एम्बुलेन्स सञ्चालन, चिस्यान केन्द्र निर्माण लगायत कार्ययोजना रहेको जानकारी प्रदेश प्रमुख पौडेलले जानकारी दिइन् । स्थानीय तहसँगको समन्वयमा प्रत्येक वडामा आवश्यक प्राविधिक परिचालन, मत्स्यपालनमा प्रोसाहन, गरीबको पहिचान तथा गरीबी न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । बेरोजगारलाई राजगारी दिलाउन साना तथा मझौला उद्योग सञ्चालनमा प्राथमिकता दिने, स्थानीय कच्चापदार्थ तथा उत्पादनलाई प्रोत्साहन गर्ने, उद्योग खोल्न सहजीकरण गर्ने र स्वरोजगारका लागि सहुलियतपूर्ण ऋणको व्यवस्था गर्ने कार्यक्रम रहेका जानकारी प्रदेश प्रमुखले दिइन् ।  गण्डकी प्रदेशलाई मुख्य पर्यटकीय राजधानी बनाउने कार्यलाई निरन्तरता दिने, होमस्टेलाई पूर्वाधारयुक्त बनाइने, चक्रीय पदमार्ग र अन्य पदमार्गको खोजी गरिने, प्रदेशभित्रका प्रमुख पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधार निर्माण गर्ने योजना समेत प्रदेश सरकारको छ । प्रदेशमा जल, खेल, स्वास्थ्य, धार्मिक लगायतका पर्यटनको विकास गरिने, पोखरालाई हवाई सेवामार्फत प्रमुख शहरसँग जोडिने र जैविक तथा पर्यटकीय पदमार्ग निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । मुस्ताङमा कस्तुरी प्रजनन केन्द्रको स्थापना, प्रदूषण नियन्त्रण, आयात प्रतिस्थापनलाई प्राथमिकता दिने, फेवाताल लगायत तालको गुरुयोजना निर्माण, गिटी, बालुवाको उत्खनन गर्ने योजना समेत रहेको प्रदेश प्रमुख पौडेलले जानकारी दिइन् । त्यसैगरी प्रदेशका सबै स्थानीय तहका केन्द्र जोड्ने सडक २ वर्षभित्र निर्माण गर्ने, सिद्धार्थ तथा पृथ्वी राजमार्गको स्तरवृद्धि कार्यमा सहजीकरण गर्ने कार्यक्रम समेत रहेको उनले बताइन । यसैगरी पोखरामा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने, यातायात कार्यालयलाई व्यवस्थित गरिने, प्रदेशका सबै स्थानमा विद्युतीकरण, नवीकरणीय ऊर्जामा प्रोसाहन तथा सिँचाइ योजना सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । प्रदेश सरकारले वातावरणीय प्रभाव मूल्यांकन गरी ढुंगा, गिटी, बालुवाको उत्खनन, उपयोग तथा व्यवस्थापन गर्ने भएको छ । धवलागिरि संरक्षण क्षेत्रको सम्भाव्यता अध्ययन, नवलपुर, तनहुँ र कास्कीमा एक÷एकओटा वनपैदावर आधारित उद्योग निर्माण लगायत विभिन्न योजना नीति तथा कार्यक्रममा समेटिएका छन् । 

सम्बन्धित सामग्री

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौं, ५ जेठ । सरकारले आगामी आर्थिक वर्षको २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम ल्याएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

दुई दिनसम्म प्रदेशसभामा छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको हो।...

मधेस सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौँ । मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार (आज) प्रदेशसभामा प्रस्तुत हुने भएको छ । अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष ०७९-८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश मन्त्रिपरिषद्ले सरकारको नीति तथा कार्यक्रम शनिबार स्वीकृत गरिसकेको छ । नीति तथा योजना आयोगका […]

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। शनिबार बसेको प्रतिनिधिसभाको बैठकले सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको […]

सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौं, जेठ १० । सरकारको नीति तथा कार्यक्रम आज संघीय संसद्मा पेस हुँदै छ । आगामी आर्थिक वर्ष २०७९÷८० का लागि सार्वजनिक हुने नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि ल्याइनुपर्ने सरकारको ‘नीति तथा कार्यक्रम’ आज दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नेछिन । बजेट १५ जेठमा ल्याउनुपर्ने संवैधानिक प्रावधान छ । […]

सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज (मंगलबार) संघीय संसद्मा पेस हुँदै छ । स्थानीय तहको निर्वाचनका कारण नीति तथा कार्यक्रम ल्याउन केही ढिलाइ भएको हो । आगामी आर्थिक वर्ष २०७९÷८० का लागि सार्वजनिक हुने नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि ल्याइनुपर्ने सरकारको ‘नीति तथा कार्यक्रम’ मंगलबार दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को […] The post सरकारको नीति तथा कार्यक्रम आज appeared first on राजधानी राष्ट्रिय दैनिक.

गण्डकी प्रदेशः सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

पोखरा।गण्डकी प्रदेशको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।मंगलवारको प्रदेशसभाको बैठक सुरु हुनासाथ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नीति तथा कार्यक्रम पारितका लागि राखेको प्रस्ताव बहुमलले पारित भएको हो।कार्यक्रम पारितका लागि हुन्छ भन्ने प्रस्तावमा बहुमत भएकाले सरकारको नीति तथा कार्यक्रम पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे। गण्डकी सरकारले आजै ४ बजे आगामी वर्षको बजेट सभामा पेस गर्ने कार्यक्रम छ।

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सुर्खेत। कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो। राजबहादुर शाहीले प्रस्तावको पक्षमा हुन्छ भन्नेको आवाज बढी सुनिएकाले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे।

गण्डकी प्रदेशः सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

पोखरा।गण्डकी प्रदेशको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।मंगलवारको प्रदेशसभाको बैठक सुरु हुनासाथ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नीति तथा कार्यक्रम पारितका लागि राखेको प्रस्ताव बहुमलले पारित भएको हो।कार्यक्रम पारितका लागि हुन्छ भन्ने प्रस्तावमा बहुमत भएकाले सरकारको नीति तथा कार्यक्रम पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे। गण्डकी सरकारले आजै ४ बजे आगामी वर्षको बजेट सभामा पेस गर्ने कार्यक्रम छ।

गण्डकी प्रदेशसभा : सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

पोखरा। गण्डकी प्रदेशसामा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम पेश भइरहेको छ। प्रदेशप्रमुख सीताकुमारी पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन्। गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका कारण सरकारको नीति तथा कार्यक्रम ल्याउन ढिला भएको हो। नयाँ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बनेपछि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।