विद्यालय दिवा खाजा कार्यक्रम ६ कक्षासम्म विस्तार

१५ जेठ, काठमाडौं । विद्यालय दिवा खाजा कार्यक्रम कक्षा ६ सम्म विस्तार भएको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार क्रमशः ८ कक्षासम्म यो कार्यक्रम लैजाने योजना अनुसार आगामी आवमा कक्षा ६ सम्म विस्तार गरिएको हो । स्थानीय तहको उत्पादनलाई प्राथमिकता दिइने अर्थमन्त्रीले उल्लेख गरे ।

सम्बन्धित सामग्री

दिवा खाजा प्रभावकारी

सामुदायिक विद्यालयमा विद्यार्थी नियमित गराउन सरकारले सुरु गरेको विद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ । विद्यालयमा नियमित दिवा खाजा सुरु भएपछि विद्यार्थीको सङ्ख्या बढेको छ ।

विद्यालय दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म विस्तार हुने

१० जेठ, काठमाडौं । सरकारले विद्यालय दिवा खाजा कार्यक्रम अब कक्षा ८ सम्म विस्तार गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि यस्तो नीति कार्यान्वयनमा आउने भएको छ । अहिले कक्षा ५ सम्म मात्र विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालनमा छ । सरकारले आगामी वर्ष अधिकतम स्कुलमा न्यूनतम पूर्वाधार निर्माणको काम सक्ने समेत बताएको छ । विद्यार्थी […]

विद्यार्थी टिकाउन दिवा खाजा कार्यक्रम

सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउनका लागि सुरु गरेको विद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।...