दिवा खाजा कार्यक्रमले विद्यार्थी र अभिभावक खुशी

झोलाभरि किताबकापी बोकेर शान्ति माध्यमिक विद्यालय पुग्ने जैमिनी नगरपालिका–१ कुश्मीशेराकी खुस्बु परियारलाई सधैं खाजाको चिन्ता हुन्थ्यो । बजारमा पाइने खाजा खान सधैं अभिभावकसँग पैसा नहुने । घरको खाजा विद्यालयमा लैजाँदा साथीले गिज्याउँथे । अहिले खुस्बु निकै खुशी छन् । न त उनलाई विद्यालयमा खाने खाजाको चिन्ता छ, न त साथीभाईको भन्दा फरक खाजा हुन्छ की भन्ने चिन्ता । उनी र उनका साथीले विद्यालयमा एकैखालका खाजा खान्छन् ।           सो विद्यालयका बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रम केही साता पहिलेदेखि सञ्चालनमा आएको हो । विद्यालयमै खाजा पाउने भएपछि खुस्बु मात्रै होइन, सो विद्यालयका बालविकास कक्षामा अध्ययनरत सबै विद्यार्थी खुशी भएका छन् । जैमिनी नगरपालिकाका सबै सामुदायिक विद्यालयका बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रम लागू भएसँगै कक्षामा नियमित उपस्थित हुने र शिक्षण सिकाई क्रियाकलापमा सहभागी हुने विद्यार्थीको रुचि समेत बढ्दै गएको छ ।           नेपाल सरकारले चालु आर्थिक वर्षको शुरुदेखि नै बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रम सञ्चालन गर्ने भनिएपनि कोभिड–१९ का कारण सो कार्यक्रम अहिलेसम्म सञ्चालनमा आएको थिएन् । केही साताअघि देखि नै यो कार्यक्रम सञ्चालनमा आएपछि विद्यार्थी तथा अभिभावकमा नयाँ उत्साह छाएको शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक यमबहादुर जिसीले बताउनुभयो । “बहाना बनाएर विद्यालय नआउने विद्यार्थी पनि खाजा पाएपछि हौसिएर विद्यालय आउँछन्”, उहाँले भन्नुभयो, “खाजामा एकरुपता र विद्यार्थीलाई विद्यालय ल्याउने कडी बन्ने भो खाजा कार्यक्रम ।”           बागलुङका तीन पालिकाले सामुदायिक विद्यालयका बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रम लागू गरेका छन् । काठेखोला र बडिगाड गाउँपालिका तथा जैमिनी नगरपालिकाले सामुदायिक विद्यालयका बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रमको व्यवस्थापन गरेका हुन् । नेपाल सरकारले सशर्त अनुदानतर्फ बजेट विनियोजन गरेकाले पालिकाहरुले यो कार्यक्रम कार्यान्वयनमा ल्याएका हुन् ।

सम्बन्धित सामग्री

‘दिवा खाजा कार्यक्रम’ ले विद्यालय आउने विद्यार्थी बढे

झापा- सरकारले सुरु गरेको ‘दिवा खाजा कार्यक्रम’ का कारण झापाका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण बढेको छ । हरेक दिन फरक फरक खाजा खान पाउने भएपछि झापाका सामुदायिक विद्यालयमा विद्यार्थीहरू नियमित आउन थालेका छन् । विद्यालयको पहुँच बाहिर रहेका र बीचमै कक्षा छाडेर जाने विद्यार्थी पनि ‘दिवा खाजा कार्यक्रम’ का कारण पुनः विद्यालयमा फर्कने क्रम बढ्दै […]

विद्यार्थीलाई दिवा खाजा कार्यक्रममा बेथिति

विद्यालयमा विद्यार्थी आकर्षित गर्न प्रारम्भिक बालविकासदेखि कक्षा ५ कक्षासम्म सरकारले दिवा खाजा कार्यक्रम लागू गरेको छ। तर, व्यवहारमा अधिकांश विद्यालयका विद्यार्थीले दिवा खाजा पाएका छैनन्। दिवा खाजाको सट्टा अभिभावकलाई नगद पनि वितरण गर्ने गरिएको छ। सो रकम पनि दुरूपयोग भएको पाइएको छ। कतिपय विद्यालयमा फर्जी विद्यार्थी तयार पारेर रकम हिनामिना गरिएको छ। दिवा खाजा कार्यक्रमको […]

दिवा खाजाले पनि रोकेन विद्यार्थी

काठमाडौँ,२१ कार्तिक । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु–३ ब्रह्मस्थानमा रहेको ब्रह्म प्राथमिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू भएको १२ वर्ष भएको छ । विसं २०६७ मा दिवा खाजा कार्यक्रम लागू हुँदा सयभन्दा बढी विद्यार्थी रहेका यस विद्यालयमा हाल जम्मा ४५ विद्यार्थी मात्रै अध्ययनरत छन् । नेपाल सरकारले सीमान्तकृत र लोपोन्मुख जातिका विद्यार्थी अध्ययन गर्ने विद्यालयलाई लक्षित […]

प्रभावकारी भएन दिवा खाजा कार्यक्रम

बालबालिका कुषोषणको सिकार नहुन र विद्यालयमा नियमित उपस्थित होऊन् भनी सरकारले दिवा खाजा कार्यक्रम लागू गरेपनि जिल्लाका १० स्थानीय तहका समुदायिक विद्यालयमा प्रभावकारी हुन सकेको छैन । सरकारले प्रति विद्यार्थी उपलब्ध गराउँदै आएको १५ रुपैयाँ पर्याप्त नभएको र स्थानीय तहले पनि नियमित निगरानी गर्न नसक्नुका साथै विद्यालयले कम चासो दिँदा दिवा खाजा प्रभावकारी हुन नसकेको हो ।

प्रभावकारी भएन दिवा खाजा कार्यक्रम

बालबालिका कुषोषणको सिकार नहुन र विद्यालयमा नियमित उपस्थित होऊन् भनी सरकारले दिवा खाजा कार्यक्रम लागू गरेपनि जिल्लाका १० स्थानीय तहका समुदायिक विद्यालयमा प्रभावकारी हुन सकेको छैन । सरकारले प्रति विद्यार्थी उपलब्ध गराउँदै आएको १५ रुपैयाँ पर्याप्त नभएको र स्थानीय तहले पनि नियमित निगरानी गर्न नसक्नुका साथै विद्यालयले कम चासो दिँदा दिवा खाजा प्रभावकारी हुन नसकेको हो ।

सामुदायिक विद्यालयमा दिवा खाजाले पढ्न आउने विद्यार्थीको आकर्षण बढ्दै

लमजुङ- लमजुङका सामुदायिक विद्यालयमा नेपाल सरकारद्वारा सञ्चालित दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।खाजा कार्यक्रमले पढ्न आउने विद्यार्थीको आकर्षण बढ्दै र बिचमै पढाई छाड्ने प्रवृत्तिको अन्त्य भएको छ । सरकारले दुई वर्षअघि सुरु गरेको दिवा खाजा कार्यक्रमले अभिभावक, विद्यार्थी र विद्यालयको सम्बन्ध राम्रो हुनुको साथै बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध भएको बेँसीसहर नगरपालिका शिक्षा शाखाका […]

दिवा खाजा प्रभावकारी

सामुदायिक विद्यालयमा विद्यार्थी नियमित गराउन सरकारले सुरु गरेको विद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ । विद्यालयमा नियमित दिवा खाजा सुरु भएपछि विद्यार्थीको सङ्ख्या बढेको छ ।

विद्यालय दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म विस्तार हुने

१० जेठ, काठमाडौं । सरकारले विद्यालय दिवा खाजा कार्यक्रम अब कक्षा ८ सम्म विस्तार गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि यस्तो नीति कार्यान्वयनमा आउने भएको छ । अहिले कक्षा ५ सम्म मात्र विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालनमा छ । सरकारले आगामी वर्ष अधिकतम स्कुलमा न्यूनतम पूर्वाधार निर्माणको काम सक्ने समेत बताएको छ । विद्यार्थी […]

विद्यार्थी टिकाउन दिवा खाजा कार्यक्रम

सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउनका लागि सुरु गरेको विद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।...

सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी बनाइँदै

पर्साको धोबिनी गाउँपालिकाले सामुदायिक विद्यालयमा सञ्चालन गर्दै आएको दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन थालिएको छ । विभिन्न सामुदायिक विद्यालयमा वास्तविक विद्यार्थी संख्याभन्दा बढी विद्यार्थी संख्या देखाएर खाजा खर्च बापतको रकम माग गर्ने प्रवृत्तिलाई निरुत्साही गर्न कार्यक्रमलाई थप प्रभावकारी बनाउन थालिएको प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिए । सामुदायिक विद्यालयमा अध्ययन गर्ने वास्तविक विद्यार्थी संख्याका आधारमा दिवा खाजा खर्चबापत रकम निकासी गरिने छ । यसअगावै वास्तविक विद्यार्थी संख्याभन्दा बढी विद्यार्थी संख्या देख...