शोषित, पीडित जनताको आवाजलाई गीतमार्फत अभिव्यक्त गरी जनचेतना जगाउँदै आउनुभएका जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) हामीमाझ रहनुभएन । ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीतबाट प्रसिद्धिको शिखरमा पुग्नुभएका कलाकार टुहुरेको उपचारका क्रममा स्थानीय बयोधा अस्पतालमा आज निधन भएको हो । उहाँ संविधानसभा सदस्य तथा जनसांस्कृतिक महासङ्घका पूर्वअध्यक्ष ७८ वषीय …